व्यस्त कार्यक्रमका साथ ट्रम्पको कार्यकाल सुरु

व्यस्त कार्यक्रमका साथ ट्रम्पको कार्यकाल सुरु

वासिङटनः संयुक्त राज्य अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकाल ह्वाइट हाउसमा सोमबारदेखि औपचारिक रूपमा सुरु भएको छ ।

उनको पदवहालीको पहिलो सातामा अति व्यस्त कार्यक्रमहरू रहेका छन् । निर्वाचन अभियानको क्रममा उनले वचनबद्धता प्रकट गरेका कतिपय महत्वाकांक्षी कार्यसूचीहरू कार्यान्वयनमा ल्याउन पनि सोमबारदेखि नै प्रक्रिया सुरु गरिएको छ । उनले ट्विटरमार्फत यस्तो तयारी भएको जानकारी सार्वजनिक गरेका थिए । बैठकै बैठकले एकक्षण पनि फुर्सद नहुने भएकाले सोमबार, पदबहालीको साँच्चिकै पहिलो दिन भएको भनी राष्ट्रपति ट्रम्पले स्मरण गरे ।

उनले सर्वप्रथम रिपब्लिकन तथा डेमोक्र्याट (दुवै पार्टी)का अमेरिकी राष्ट्रिय कंग्रेस (संसद्) का नेताहरूसँग बैठक गरेका छन् । बैठकमा चल्ने छलफलका क्रममा आउने सुझाव तथा टिप्पणीहरू सबै आफूले सुन्नु कर्तव्य भएको बताए । ट्रम्पको शपथ ग्रहण कार्यक्रमलाई डेमोक्र्याटहरूले बहिष्कार गरेका थिए । राष्ट्रपति भएको हुँदा आफूले उनीहरू सबैसँग भेट गरेको उनले बताएका छन् ।

उनले आफ्नो कार्यकाल विशेष अवसर भएको भन्दै राष्ट्रमा रोजगारीको थुप्रै अवसर सिर्जना र विश्वसनीय राष्ट्रिय सुरक्षाको चिन्तन गर्नु राष्ट्रपतिका रूपमा आफ्नो पहिलो दिनको समय बितेको उनले बताएका छन् ।

उनले रोजगारीको अवसर सिर्जना गर्ने उद्देश्यले अमेरिकी उद्योग, उत्पादन तथा वाणिज्य क्षेत्रका ठूला उद्यमी तथा व्यवसायीहरूलाई पनि छलफलका लागि सोमबार ह्वाइट हाउसमा आमन्त्रण गरी छलफल गरेका थिए । उनीहरूले प्रस्तुत गरेका धारणा, विचार तथा सुझावहरू ध्यानपूर्वक सुनेको उनले जानकारी दिएका छन् । अत्यधिक रोजगारी सिर्जना गर्ने कार्य आफ्नो प्राथमिकताको विषय भएकाले उनीहरूलाई सबैभन्दा पहिला भेटेको उनको भनाइ थियो ।

उनले युनियनका नेता तथा कर्मचारीहरूसँग पनि बैठक गरेका थिए । कंग्रेसका केही खास खास नेताहरूसँग बैठक बसी स्वास्थ्य रक्षा (हेल्थ केयर) सम्बन्धी नयाँ तथा परिमार्जित व्यवस्था र अन्य लक्ष्यहरूका सम्बन्धमा पनि गहन छलफल गरे । ओबामा केयर विधेयलाई फिर्ता गरेको हुँदा उनी जनताको स्वास्थ्यसँग गम्भीर नभएको भनेर आलोचना हुन थालेका छन् । औपचारिक राष्ट्रपतिका हैसियतमा उनले अमेरिकी कंग्रेसका सभामुख पल र्‍यानसँग पनि उनले छलफल गरे ।

इजरायलसँग सम्मबन्ध सुधार्दै

ट्रम्पले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई भेटवार्ताका लागि अमेरिका बोलाएका छन् । आइतबार भएको टेलिफोन वार्तामा राष्ट्रपति ट्रम्पले फेब्रुअरी महिनाको सुरुमै ह्वाइट हाउस भ्रमण गर्न नेतान्याहुलाई आमन्त्रण गरेका छन् । उनीहरूबीच नजिकबाट लगातार संवाद गरिरहने समझदारी पनि भएको अमेरिकाको राष्ट्रपति कार्यालय ह्वाइट हाउसले जनाएको छ ।

इरान लगायतका क्षेत्रीय र साझा चासोका विषयमा समान धारणा बनाउँदै सहकार्यका साथ अगाडि बढ्ने बारेमा पनि छलफल भएको ह्वाइट हाउसले बताएको छ । नेतान्याहुको कार्यालयले जारी गरेको विज्ञप्तिमा पनि नेतान्याहुले राष्ट्रपति ट्रम्पसँग नजिक रहेर काम गर्ने चाहना व्यक्त गरेको उल्लेख छ । राष्ट्रपति ट्रम्पले इजरायलले अहिले खेलिरहेको भूमिकाको दह्रो समर्थन गर्दै आफ्नो तर्फबाट गर्न सक्ने सहयोग गर्ने आश्वासन दिएका छन् ।

उनले गत महिना अमेरिकाले संयुक्त राष्ट्रसंघमा इजरायलको पक्षमा भिटो प्रयोग नगरेकोमा इजरायलले आपत्ति प्रकट गर्दै आएको थियो । त्यतिखेर ट्रम्पले केही दिनपछि आफू अमेरिकी राष्ट्रपतिको शपथ ग्रहण गर्ने भएकाले त्यतिन्जेल पर्खन आग्रह गरेका थिए । ट्रम्पले पदभार गरेलगत्त इजरायली राष्ट्रपतिलाई वार्ताका लागि बोलाएका हुन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.