दक्षिणी चिनिया समुन्द्री मुद्दामा चीनलाई अमेरिकाको धम्की
अमेरिकाले दक्षिण चिनियाँ समुन्द्रको विवादित क्षेत्रलाई लिएर चीनलाई फेरि एक पटक धम्की दिएको छ। अमेरिकी व्हाइट हाउसले यो मुद्दालाई लिएर धम्की दिएको हो।
अमेरिकाले समुन्द्री क्षेत्रमा आफ्नो रक्षाका लागि जे पनि गर्न तयार रहेको र चीनको मात्रै एकतर्फी व्यापार नचल्ने चेतावनी दिएको छ।
ट्रम्प राष्ट्रपति बनेपछि दक्षिण चिनिया समुन्द्र सीमाको मुद्दालाई प्रमुखताका साथ उठाएको ट्रम्पका प्रवक्ता सीन स्पाइसरले बताएका छन्। उनले भनेका छन्, 'अमेरिकाले आफ्नो हित रक्षाको लागि तयार छ। जुन भूभाग अन्तराष्ट्रिय जल क्षेत्रमा आउँछ त्यो चीनको मात्र हुन सक्दैन। यसमा सबैको हक लाग्छ।'
यता, चीनले भने उक्त द्वीपमा आफूबाहेक अरु कसैको अधिकार नहेको बताउँदै आएको छ। तर अमेरिकाले यो मुद्दालाई अन्तराष्ट्रिय कानूनको सहायताले टुंग्याउनुपर्ने माग गर्दै आएको छ। एजेन्सी