सीआइएको खुलासा, 'ब्याकडोरबाट चीनले दियो पाकिस्तानलाई बम बनाउने सामान'

सीआइएको खुलासा, 'ब्याकडोरबाट चीनले दियो पाकिस्तानलाई बम बनाउने सामान'

अमेरिकी खुफिया एजेन्सी सीआइएले चीनले ब्याकडोरबाट पाकिस्तानलाई परमाणु शक्तिमा सहयोग गरिरहेको खुलासा भएको छ। टाइम्स अफ इन्डियाका अनुसार चीनले आफ्नो वृहत्त महत्वाकांक्षाको लागि पाकिस्तानलाई परमाणु शक्ति निर्माणका लागि अमेरिकासँग सहयोग मागि दिएको हो।'

सीआइएले सार्वजनिक गरेको दस्तावेजका अनुसार चीनले पाकिस्तानसँग मिलेर एउटा अन्तराष्ट्रिय परमाणु ऊर्जा एजेन्सी बनाउने सहमति गरेको बताइएको छ। साथै चीन र पाकिस्तानले बनाएको उक्त प्रतिष्ठानले दुवै मुलुकको हितमा काम गर्ने दस्तावेजमा उल्लेख गरिएको छ।

पाकिस्तानले चीनसँग मिले बनाउने परमाणु शक्ति केन्द्रबारे अमेरिकाले भनेको छ, ' यदि चीनले यो सहमतिमा पाकिस्तानसँग असंवेदनशील क्षेत्रमा न्युक्लियर निर्यात गर्ने र त्यहाँ यसको वजार विस्तार गर्ने लक्ष्य लिएको हुनुपर्छ। पाक-चीन दुवैयही चाहेको छ।'

पाकिस्तानलाई बम बनाउने सामानमा चीनको सहयोग

सिआइएका अनुसार सन् १९८३-८४सम्म अमेरिकाले चीन र पाकिस्तान एकअर्कामा परमाणु बनाउन सहयोग आदानप्रदान गरिरहेको थाहा पाएको दस्तावेजमा उल्लेख छ। त्यही वर्ष अमेरिकी खुफिया एजेन्सी सिआइएले अमेरिकी कांग्रेसका एक समितिलाई सो कुराको बारेमा जानकारी दिइएको थियो। तर कांग्रेसले सो विषयमा खासै चासो नदिएकाले चीन र पाकिस्तानको परमाणु यात्रा बलियो कायम रहिरहेको दाबी सिआइएले दस्तावेजमा गरेको छ।

यति मात्रै नभएर सिआइएले अमेरिकी कांग्रेस समितिलाई लोपमा परीक्षण भएको परमाणु बमको डिजाइन चीनले पाकिस्तानलाई आवश्‍यक सहयोग सामग्री जुटाइ दिएको थियो।

अमेरिकाले दाबी गर्दै आएको छ की लोप नर परमाणु परीक्षणको समयमा पाकिस्तानका एक वरिष्ठ अधिकारी समेत उपस्थित भएका थिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.