अपराध र निर्वाचन

अपराध र निर्वाचन

दक्षिण एसियामा निर्वाचन महँगो हुनुका साथै त्यसमा तिघ्रे बलको निर्णायक प्रभाव बढेरै गएकोमा प्रायः मुलुकहरूले औपचारिक रूपमा चिन्ता व्यक्त गर्दै आएका छन्, पटकपटक । भारतमा त संसद् र राज्य विधायिकामा झन्डै एकतिहाई सदस्यहरूविरुद्ध आपराधिक घटनामा अनुसन्धान भइरहेका छन् । आपराधिक पृष्ठभूमिका व्यक्तिहरूले निर्वाचनमा बिनाकुनै छेकबार प्रवेश पाएमा 'भयरहित' तथा आफ्नो इच्छाअनुरूप मतदान गर्ने प्रत्येक नागरिकको मौलिक अधिकार कुण्ठित हुन पुग्छ ।

भारत र दक्षिण एसियाली मुलुकहरूमा हरेक नागरिकका यी भोगाइलाई कानुन र राज्यको कठोर कदमबाट नियन्त्रण गर्न सकिएन भने प्रजातान्त्रिक पद्धतिमाथि 'नागरिक' को भूमिका कमजोर हुन पुग्छ । प्रजातन्त्र, प्रजातन्त्र रहने छैन, त्यस अवस्थामा । यी प्रवृत्तिहरूबाट नेपाल सरकारसमेत चिन्तित रहेको देखिनु उसको संवेदनशीलताको परिचायक र स्वागतयोग्य विषय हो । निर्वाचनमा कुनै हिसाबले विदेशी भौतिक र आर्थिक संलग्नता देखिएमा त्यस्ता गतिविधिसँगै सहयोग लिने र दिने दुवैलाई आपराधिक गतिविधि मानिने व्यवस्था गरिएको छ, संसद्मा राज्य व्यवस्था समितिको तर्फबाट त्यसका अध्यक्षले शुक्रबार प्रस्तुत गरेको निर्वाचन (कसुर तथा सजाय) विधेयकमा ।

तर त्यो मुख्यतया विदेश र खासगरी गैरसरकारी संस्थाबाट चुनावको लागि पैसा लिएको अवस्थासँग सरोकार राख्छ । अन्य प्रावधानहरू पहिल्यैदेखि नै अपराध मानिँदै आएका छन्, यद्यपि मतपत्रको दुरुपयोग र क्षति, हतियारको प्रयोगसँगै मतदाताहरूलाई पैसा तथा अन्य प्रलोभनबाट प्रभावित गरिएका अनगिन्ती घटनाप्रति निर्वाचन आयोगहरू उदासीन रहँदै आएका छन् ।

अझ विगत १० वर्षमा सबै महत्त्वपूर्ण राजनीतिक र संवैधानिक निकायहरूमा तीनचारवटा दलले लेनदेनका आधारमा नियुक्तिहरू गर्ने गरेका छन् । त्यसले गर्दा निर्वाचन आयोग दलहरूकै एउटा सहायक अंग बन्न पुगेको छ र यसको निष्पक्षता स्थापित हुन सकेको छैन । त्यसो हुँदाहुँदै पनि भविष्यमा निर्वाचन आयोगले संविधानका अक्षर र भावनाले सुम्पेका सम्पूर्ण दायित्व सक्षम र निष्पक्ष तरिकाले पूरा गर्ने आशा राख्नैपर्छ यदि प्रजातन्त्र नेपालको स्थायी राजनीतिक पद्धति रहने हो भने ।

तर निर्वाचनले मतदानजस्तो सार्वभौम जनताको मौलिक अधिकारलाई विदेशी प्रभावबाट मुक्त राख्ने हो र त्यसको प्रतिकूल आचरण गरेवापत दल र उम्मेदवारहरूलाई दण्डित गर्ने हो भने समग्र राजनीतिलाई समेत विदेशी नियन्त्रण र प्रभुत्वबाट मुक्त राख्नैपर्छ ।

खासगरी बाह्रबुँदे सहमतिपछि त्यसका अक्षर र भाव तथा त्यसमा हस्ताक्षरकर्ता नेताहरू तथा तिनका पार्टीहरूले कसरी विदेशी सहयोग, स्वार्थ र निर्देशनबाट आफूलाई अर्थात् मुलुकको राजनीति सञ्चालन गरेका छन्, त्यसलाई दण्डनीय अपराध नबनाई निर्वाचनलाई विदेशी प्रभावबाट मुक्त राख्न सम्भव छैन । राज्य व्यवस्था समितिका सदस्यहरू र खासगरी त्यसका अध्यक्ष दिलबहादुर घर्तीले यो विषयलाई अरूले भन्दा बढी बुझेका छन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.