कुखुराको प्रतीक मानेर चीनियाँले मनाए नयाँ वर्ष (फोटोफिचर)
विश्वभर छरिएर रहेका चिनियाँ समुदायका मानिसहरु जनवरी २९ तारिखमा नयाँ वर्ष मनाएका छन्। उनीहरुले यस पटक कुखुरालाई नयाँ वर्षको प्रतीकको रुपमा मानेका छन्।
चीनका मानिसहरु विश्वभरका विभिन्न देशमा बसे पनि नयाँ वर्ष भने यही महिनामा मनाउने गरेका छन्। गत वर्ष चिनियाँ नयाँ वर्षको प्रतीक बाँदर राखिएको थियो।
उनीहरुले नयाँ वर्षलाई एक किसिमको वसन्तको आगमन आए जस्तै गरी उत्सव मनाउने गर्दछन्। अहिले सिंगापुर, इन्डोनेसिया, मलेसिया, थाइल्याण्ड, भियतनाम, कम्बोडिया, मारिसस लगायत विश्वका देशहरुले चीनको यो संस्कृतिलाई पछ्याइरहेका छन्। त्यहाँ चीनियाँ नागरिकको बाहुल्यता पनि बाक्लिँदै गएको छ।
चीनियाँ समुदायले प्रत्येक वर्ष कुनै न कुनै जीवको नामलाई प्रतीक मानेर नयाँ वर्ष मनाउने गरेका छन्। उसले सन् २०१५मा बाख्रालाई नयाँ वर्षको प्रतीकको रुपमा चुनेको थियो भने सन् २०१८ मा नयाँ वर्षको रुपमा कुकुर रहनेछ।