हावामा गुड्ने रेलगाडी बनाउँदै चीन
एजेन्सी: सूचना प्रविधिमा चीन सधैं अगाडि रहदै आएको छ। उसले धेरै अनौठा कामहरु गरेर विश्वलाई आफूतिर तानिरहेको छ। चीन अमेरिकापछि बलियो अर्थ भएकाले उसले आफूलाई काममा सधैं अब्बल दर्जामा उभ्याउन सफल भएको छ।
प्रविधिलाई पहुँचमा लिएर उसले स्काइ ट्रेन अर्थात हावा रेलगाडी कसरी गुड्न सक्छ भन्ने प्रविधिको विकासमा जुटेको छ। सिन्चुआन प्रान्तको चेङगदु भन्ने ठाउँमा चीनले हावामा गुड्ने रेलगाडीको परीक्षण गरिरहेको छ भने चाडै नै सञ्चालनमा ल्याउने समेत तयारी गरिरहेको छ।
यो स्काइ रेलगाडी प्रतिघण्टा ६० माइलको रफ्तारमा गुड्ने बताइएको छ। यो रेलगाडीको विशेषता भनेको पाण्डाको स्वरुपमा डिजाइन गरिएको छ। यसलाई कम खर्चमा ब्याट्रीबाट चलाउने स्थानीय सरकारले तयारी गरिरहेको छ।
यो रेलगाडीका निर्माणको जिम्मेवारी चाइना रेलवे रोलिङ स्टक करपोरेशनले लिएको छ। यो रेलगाडीमा करीब २सय बढी यात्रु बस्ने सक्नेछन्।
यस्तो प्रकारको रेलगाडी यसअघि जर्मनी र जापानले बनाइसकेको छ।