नेपालको पाँचौं हार

नेपालको पाँचौं हार

पुनेः दोस्रो दृष्टिविहीन टीट्वेन्टी विश्वकप क्रिकेट प्रतियोगितामा नेपालले पाँचौं हार बेहोरेको छ । विश्वकपअन्तर्गत आइतबार भएको आफ्नो छैटौं खेलमा नेपाल श्रीलंकासँग एक सय ३१ रनले पराजित भयो ।

नेपाल यसअघि अस्ट्रेलिया, बंगलादेश, पाकिस्तान र वेस्टइन्डिजसँग पराजित भएको थियो । नेपालले जारी प्रतियोगितामा एकमात्र जित दक्षिण अफ्रिकासँग निकालेको थियो ।

पुनेस्थित एमवाईसी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंकाले निर्धारित २० ओभरमा दुई विकेट गुमाउँदै दुई सय ७४ रनको योगफल जोडेको थियो । प्रत्युत्तरमा नेपालले २० ओभर पूरै खेल्दै पाँच विकेटको क्षतिमा एक सय ४३ रनमात्रै जोड्न सक्यो ।

नेपालका लागि सुरुवाती ब्याट्सम्यान सुनील थापामगरले ३० बलमा ३८ रनको योगदान दिए । उनले आफ्नो पालीमा चार चौका प्रहार गरेका थिए । यस्तै कप्तान कीर्तन श्रेष्ठ दुवालले ४७ बलमा ३७ रन तथा पदमबहादुर बडैलाले १८ बलमा २३ रनको योगदान दिए । कीर्तनले दुई तथा पदमले तीन चौका प्रहार गरेका थिए ।

त्यसबाहेक अब्दुलजाहिर फकिर १०, लोकबहादुर थापा आठ रन तथा सुनील रानामगर एक रनमा रनमा आउट भए । सुरुवाती ब्याट्सम्यान विक्रमबहादुर राना पहिलो बलमै पेभेलियन फर्किएका थिए ।

श्रीलंकाका लागि सुरुवाती ब्याट्सम्यान सुरङ्गा सम्पथले ४८ बलमै एक सय ११ रनको शतकीय पारी खेले । एक छक्का तथा १९ चौका प्रहार गरेका उनी रिटायर्ड हर्ट भएका थिए । सम्पथबाहेक अर्का सुरुवाती ब्याट्सम्यान रुवान वासन्थाले ४१ बलमा ७६ रन जोडे । उनले पनि आठ चौका प्रहार गरेका थिए ।

कभिदु थोमाले १२ बलमा अविजित ३२ रन जोड्दा रुवान थिलकाले १८ बलमा ३३ रन बनाए । नेपालले श्रीलंकालाई २१ अतिरिक्त रन उपहार दिएको थियो भने २६ रन उपहार पाएको थियो ।

नेपाली टोलीका प्रशिक्षक रिजन प्रजुले नेपाली खेलाडीले श्रीलंकाविरुद्ध पनि फिल्डिङमा कमजोर प्रदर्शन गर्दा भारी रनले हार बेहोर्नुपरेको बताए । ‘ श्रीलंका हामीभन्दा निक्कै उत्कृष्ट टोली हो । उनीहरूलाई पराजित गर्न मुस्किल थियो', प्रशिक्षक प्रजुले भने, ‘तर, खेलाडीले फिल्डिङमा निक्कै कमजोर प्रदर्शन गरे । हातमा आएको बललाई रोक्न नसक्दा हामीले श्रीलंकालाई ५०-६० रन बढी दियौं । त्यसैले श्रीलंकाविरुद्ध ठूलोअन्तरको हार बेहोर्नु पर्‍यो ।'

नेपालले श्रीलंकाका दुवै खेलाडीलाई रन आउट गरेको थियो । नेपालका सुनील थापामगर र रमेशबहादुर बानियाँले श्रीलंकाका खेलाडीलाई आउट गरेका थिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.