ट्रम्पसँग पुटिनलाई 'हत्यारा' भनेपछि रूस आक्रोशित

ट्रम्पसँग पुटिनलाई 'हत्यारा' भनेपछि रूस  आक्रोशित

मस्को: अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पसँगको अन्तर्वार्ताका क्रममा रूसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई'हत्यारा' शब्द प्रयोग गरिएपछि रूस आक्रोशित भएको छ।

फक्स न्युजले शनिबार प्रसारण गरेको अन्तर्वार्तामा पुटिनलाई'हत्यारा' भनेर उल्लेख गरेको थियो। यसै विषयलाई लिएर रूसले सोमवार आक्रोश व्यक्त गर्दै फक्स न्युजले मागी माग्नुपर्ने अडान लिएको छ। रूसले आफ्नो देशका राष्ट्रपतिलाई कार्यक्रममा भनिएको शब्द अक्षम्य भएको स्पष्ट पारेको छ। यस्तो टिप्पणी रूसका लागि स्वीकार्य नहुने पनि उसको चेतावनी छ।

फक्स न्युजका पत्रकार बिल ओ राइलीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग लिएको अन्तर्वार्तामा पुटिनलाई'अ किलर' भनेर चिनाएका थिए। पत्रकार राइलीले त्यस्ता'हत्यारा' पुटिनलाई ट्रम्पले किन सम्मान गर्छन् भनेर प्रश्न गरेका थिए। यद्यपि ती पत्रकारले पुटिनलाई'अ किलर' भनेर किन भनेका थिए, त्यसको भने खुलासा गरेनन्।

रूसी राष्ट्रपतिको कार्यालय क्रेमलिनका प्रवक्ता दमित्री पेस्कोभले भने,'फक्स न्युज च्यानलले प्रयोग गरेको शब्द अस्वीकार्य र अपमानजनक छ। इमानदारीपूर्वक भन्ने हो भने हामी फक्सले माफी मागोस् भन्ने चाहन्छौं।' पुटिनमाथि अपमानजनक शब्द प्रयोग भएपछि अमेरिकी सञ्चारमाध्यमले फक्स न्युज र सञ्चारकर्मी राइलीसँग यसको कारणबारे जानकारी लिन खोज्दा उनीहरू मौन रहेको बताइएको छ।

अमेरिकी राष्ट्रपति ट्रम्पले भने अन्तर्वार्तामा पुटिनको प्रशंसा नै गरेका थिए। राइलीले ट्रम्पसँगको अन्तर्वार्तामा'तपाईं भ्लादिमिर पुटिनको सम्मान गर्नुहुन्छ' भनेर सोधेका थिए। त्यसको जवाफमा ट्रम्पले पक्कै पनि भनेका थिए। त्यसलगत्तै राइलीले'त्यस्ता हत्यारा पुटिनको किन सम्मान गर्नुहुन्छ' भनेर प्रश्न गरेका थिए। त्यसको उत्तर दिँदै ट्रम्पले भने,'तपाईं (अमेरिका) मा थुप्रै हत्यारा छन्। के तपाईंले हाम्रो देश निर्दोष छ भन्ने ठान्नुहुन्छ ? '

यसको जवाफमा राइलीले कुनै पनि अमेरिकी नेता हत्यारा नभएको जवाफ दिएका थिए। यसलगत्तै ट्रम्पले इराक युद्धको प्रसंग उठाउँदै तत्कालीन नेता हत्यारा भएको बताएका थिए। ट्रम्पले भने,'हामीले के गरेका छौं, यसप्रति पनि ध्यान दिनु आवश्यक छ। हामीले पनि निकै गल्ती गरेका छौं। इराकमा कैयौं व्यक्ति मारिए। त्यस्ता हत्यारा हाम्रा देशमा पनि छन्।' आफूले जहिले पनि इराक युद्धको विरोध गरेको स्पष्ट पारे।

अमेरिकी जनताले भने रूसी राष्ट्रपतिका कामलाई समर्थन गर्नु गलत भएको बताएका छन्। सामाजिक सञ्जालमा अमेरिकी नागरिकले ट्रम्पको विरोध गरेका छन्। रूसी राष्ट्रपतिलाई अमेरिकी राष्ट्रपतिसँग तुलना गर्न नमिल्ने उनीहरूको दाबी छ।

ट्रम्पले आफूले पुटिनमात्रै होइन थुप्रै व्यक्तिको सम्मान गर्ने पनि बताए। उनले भने,'पुटिन आफ्नो देशका नेता हुन्। हामीले रूससँग मित्रता नगरे पनि सुमधुर सम्बन्ध बनाउनु आवश्यक छ।' रूसले इस्लामिक स्टेट (आइएस)सँग लड्न सहयोग गर्‍यो भने सबैको हितमा हुने उनले स्पष्ट पारे।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.