सोमबार राति भारतमा भूकम्प
काठमाडौं : भारतको देहरादुनको उत्तरपूर्वी क्षेत्र केन्द्रबिन्दु भएर सोमबार राति भूकम्प गएको छ। भारतको राजधानी नयाँदिल्ली, उत्तर प्रदेश, हिमाञ्चल, हरियाणालगायत क्षेत्रमा ठूलो झड्का महसुस भएको भारतीय सञ्चार माध्यमले जनाएका छन्।
अमेरिकी भूगर्भ विभाग युनाइटेड स्टेट्स जियोलोजिकल सर्भिस (युएसजिएस)ले ५ दशमलव ६ म्याग्निच्यूडको भूकम्प गएको उल्लेख गरेको छ । यता, भारतीय सञ्चार माध्यमले भने सोमबार राति १० बजेर ३४ मिनेट जाँदा ५ दशमलव ८ म्याग्निच्यूडको भूकम्प गएको उल्लेख गरेका छन्।
रातको समयमा भूकम्पको झड्का लागेपछि मानिसहरु घरबाहिर निस्किएका थिए । भूकम्पको क्षति विवरण भने अझैसम्म थाहा भएको छैन्। भूकम्प लगत्तै भारतको गृहमन्त्रालयले भूकम्पपछिको अवस्थाको निगरानी भइरहेको ट्वीटरमार्फत् जानकारी गराएको छ।