‘जय नेपाल’ नगरेको झोकमा डिएसपीले कुटे हवल्दारलाई

‘जय नेपाल’ नगरेको झोकमा डिएसपीले कुटे हवल्दारलाई

दाङः ‘जय नेपाल’ नगरेको झोकमा प्युठान प्रहरी प्रमुखले एक जना ट्राफिक प्रहरी हवल्दारमाथि कुटपिट गरेका छन्। जिल्ला प्रहरी कार्यालयको हिरासतमा चार घण्टा राखेर प्युठान जिल्ला प्रहरी प्रमुख डिएसपी रञ्जितसिंह राठौरले ट्राफिक प्रहरी हवल्दार त्रिचन्द्र डिसीलाई कुटपिट गरेका हुन्।

सोमवार दिउँसो विजुवारको क्वाडीमा ड्युटीमा रहेका अस्थायी प्रहरी पोष्ट विजुवारका प्रहरी हवाल्दार डिसीलाई जिल्ला प्रहरी कार्यालयमा बोलाएर डिएसपी राठौरले कुटपिट गरेका हुन्। प्रहरी पोशाकमै हत्कडी लगाएर चार घण्टा हिरासतमा राखेर आफूलाई मरनासन्न हुने गरी कुटपिट गरेको पीडित प्रहरी हवल्दार डिसीले अन्नपूर्णलाई जानकारी दिए।

‘म र अर्काे एकजना भाइ क्वाडीमा नियमित चेकिङमा थियौ। म एक छेउमा जरिवाना काटिरहेको थिए। त्यही बेला प्रमुख जिल्ला अधिकारी, डिएसपी साप आउनु भएछ। म काममा भएकाले देखिनँ। त्यसपछि जय नेपाल नभनेकै निहुँमा मलाई जिल्ला प्रहरी कार्यालयमा बोलाएर कुटपिट गरियो,’उनले भने।

डिएसपी राठौरको कुटाइबाट प्रहरी हवल्दार डिसीको बाँया हातमा निलडाम हुने गरी चोट लागेको छ। डिसीले डिएसपीको निर्देशनमा हतकडी लगाएर नै अस्पताल लगेर उपचार गराइएको बताए। डिसीले आफूमाथि डिएसपी राठौरले गरेको कुटपिटबारे राप्ती अञ्चल प्रहरी प्रमुखलाई जानकारी गराएको बताए।

तर, डिएसपी राठौरले भने अनुशासनहिन काम गरेकाले कार्यालयमा बोलाएर समान्य सोधपुछमात्रै गरेको बताए। ‘पहिलेदेखि नै उसको कामबारे गुनासो आइरहेको थियो। म चेकिङमा गएको समयमा उसले त्यो व्यवहार दोहोर्यायो,’ डिएसपी राठौरले भने,‘सिडियो साप र मलाई अपमानित व्यवहार ग¥यो। देखेर पनि नदेखे जस्तो गरेर बस्यो त्यसैले सोधपुछ गरिएको हो।’

कार्यालयमा पनि सोधपुछका बेला अटेरी गरेकाले हत्कडी लगाइएको डिएसपी राठौरले बताए। उनले आफूले हवल्दार डिसीमाथि कुटपिट नगरेको दाबीसमेत गरे।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.