बाघको आक्रमणबाट चार प्रहरीसहित नौ घाइते

वीरगञ्ज : पर्साको लखनपुर र रामनगरी गाविसमा मंगलबार बिहान बाघको आक्रमणबाट चार प्रहरीसहित नौ घाइते भएका छन् ।
घाइते मध्ये दुई प्रहरी र दुई स्थानीय गरी चार जनाको अवस्था गम्भीर छ । बिहान लखनपुरको एकडरवा गाविसस्थित गहँु बारीमा अचानक देखा परेको बाघलाई हेर्न गएका स्थानीय बासीलाई बाघले आक्रमण गरेपछि बचाउन गएका प्रहरीहलाई पनि बाघले आक्रमण गरेको हो।
बाघको आक्रमणबाट इलाका प्रहरी कार्यालय पोखरीयाका प्रहरी निरीक्षक चक्र बहादुर शाह, प्रहरी जवान वेदबहादुर श्रेष्ठ, प्रहरी चौकी महुवनका प्रहरी सहायक निरीक्षक अरुणकुमार झा र प्रहरी हवल्दार दीपेन्द्र यादव, पर्साको लखनपुर गाविस ९ का १८ बर्षीय मोतीलाल यादव, रामनगरी ७ का ४८ वर्षीय महेन्द्र सहनी, लखनपुर ८ एकडरवा निवासी ४८ बर्षीय आसमन राउत कुर्मी, त्यही ठाँउका १८ बर्षीय तुफान कुर्मी र रामनगरी २ का ६० बर्षीय रघुवीर साह कानु् घाइते भएका हुन् ।
घाइते मध्ये प्रहरी निरीक्षक शाह, प्रहरी सहायक निरीक्षक झा, लखनपुरका मोतीलाल र रामनगरीका रघुवीरलाई थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौँ पठाइएको छ।
अन्य घाइतेको वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पताल र वीरगन्ज हेल्थ केयरमा उपचार भइरहेको छ । आक्रमण गर्ने बाघलाई प्रहरीले गोली हानेर मारिसकेको घटनास्थलमा पुग्नु भएका पर्साका प्रहरी नायब उपरीक्षक यज्ञप्रसाद भट्टराईले जानकारी दिनुभयो ।
लखनपुरको एडरवा स्थित खेतमा बिहान अचानक बाघ देखिएपछि हेर्न गएका गाँउलेहरुलाई बाघले आक्रमण गरेको र त्यहाबाट भागेको बाघले रामनगरीमा पनि पुगेर स्थानीयवासी र प्रहरीलाई आक्रमण गरी घाइते बनाएको प्रहरी नायब उपरीक्षक चक्रराज जोशीले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस !
