वन कार्यालयमा आक्रमण गर्ने नौ जना पक्राउ

वन कार्यालयमा आक्रमण गर्ने नौ जना पक्राउ

कपिलवस्तु : शिवराज साझेदारी वन व्यवस्थापन समितिको कार्यालयमा आक्रमण गर्न आएका नौ जना पक्राउ परेका छन्।

शिवराज नगरपालिका १० का ईरफान खान, सोही स्थानका जफ्फार मुसलमान, गुड्डु मुसलमान, ईनाम खान, मोविन खान, दुर्गा चौधरी, सकुल्ला मुसलमान, महफुज मुसलमान र गफ्फार मुसलमान पक्राउ परेका हुन्।

सबैलाई अनुसन्धानका लागि जिल्ला वन कार्यालयमा थुनामा राखिएको छ । थुनामा रहेका सबैमाथि वन ऐन २०४९ को दफा ङ बमोजिम कारबाही हुने जिल्ला वन अधिकृत कृष्ण दत्त भट्टले जानकारी दिए।

शिवराज साझेदारी वन क्षेत्रमा छपान चेक जांचका क्रममा गएको वन गस्ती टोलील वन क्षेत्रमा ५ वटा हरियो रुख काटिरहेका व्यक्ति उपर कारवाही गर्न खोज्दा ति व्यक्तिहरु भागे पछि उनको साईकल वन कर्मचारीले नियन्त्रणमा लिएका थिए ।

त्यसको विरोधमा प्रतिवाद गर्न करिब ५० जनाको समूहले चन्द्रौटास्थित शिवराज साझेदारी वन व्यवस्थापन समितिको कार्यालयमा आक्रमण गर्न खोज्दा उनीहरु पक्राउ परेका हुन् । युवाहरुले वन अधिकृत प्रेम शंकर गुप्ता र वन हेरालु तौलेश्वर यादवलाई हातपात समेत गरेको साझेदारी वनका अध्यक्ष जगदम्बाप्रसाद चौधरीले बताए।

वन क्षेत्रमा वन संरक्षणको काममा संलग्न गरहेका शिवराज साझेदारी वनका पदाधिकारीहरुलाई पनि वन तस्करीमा संलग्न यस्ता समूहमा ज्यानकै खतरा रहेको भन्दै शान्ति सुक्षाको माग गर्दै आफुहरुले वन कार्यालय र स्थानीय प्रशांसनमा लिखित पत्राचार गरेका समितिका अध्यक्ष चौधरीले बताए ।

पक्राउ परेका सबै उपर वन ऐन अनुसार थप अनुसन्धान गरी कडा कारवाही गरिने जिल्ला वन अधिकृत भट्टल जानकारी दिए । पक्राउ परेका सबैलाई १० दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढिसकेको छ’, जिल्ला वन अधिकृत भट्टले भने, ‘वन विरोधी गतिविधीमा संलग्न रहने जो कोहीलाई पनि कसैको भनसुन र दबाबमा छाड्ने छैनौं ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.