इन्टरपोलको रेड नोटिस सूचीमा ७७ नेपाली

इन्टरपोलको रेड नोटिस सूचीमा ७७ नेपाली

काठमाडौं: इन्टरनेसनल क्रिमिनल पुलिस अर्गनाइजेसन (इन्टरपोल) अर्थात् प्रहरीको अन्तर्राष्ट्रिय सन्जालले जारी गरेको रेड नोटिसको सूचीमा हाल ७७ नेपाली छन्।

इन्टरपोलको नेपाल शाखा नेसनल सेन्ट्रल ब्युरो (एनसीबी) का अनुसार अन्य देशको आग्रहमा ६२ र नेपालको आग्रहमा १५ नेपालीविरुद्ध रेड नोटिस जारी गरिएको हो।

रेड नोटिस आपराधिक घटनाका अभियुक्त वा अपराधीविरुद्ध आफ्ना सदस्य राष्ट्रको आग्रहमा इन्टरपोलले जारी गर्ने 'एरेस्ट वारेन्ट' हो। स्रोतका अनुसार नेपालको आग्रहमा भएका रेड नोटिसमा १८ वर्षभन्दा पुराना घटनाका अपराधी पनि छन्।

कास्कीका जीवनबहादुर अधिकारी सन् १९९८ मा गरेको हत्या र त्यसपछिका शृंखलाबद्ध हत्याका घटनामा दोषी ठहर भएका थिए। इन्टरपोलले सन् २०१६ को जुनमा अधिकारीविरुद्ध रेड नोटिस जारी गरेको हो।

नेपालको आग्रहमा इन्टरपोलले दुईजना विदेशीविरुद्ध पनि रेड नोटिस जारी गरेको छ। नेपालमा भएको अपराधमा भारतीय नागरिक हल्दिया राहुल र अमेरिकी नागरिक इयान बेकरविरुद्ध रेड नोटिस छ। राहुलले सन् २००६ मा तीन करोड ६५ लाखभन्दा बढी नेपाली रुपैयाँ ठगी गरेको पाइएको थियो।

यसैगरी बेकरविरुद्ध सन् २००८ मा जंगली जनावरको टाउको, छाला, हड्डी बेचबिखन तथा ओसारपसार मुद्दा लागेको थियो। बेकरका सहयोगी पक्राउ परे पनि उनले भने नेपाल छाडिसकेका थिए।

एनसीबी स्रोतका अनुसार नेपालीविरुद्ध ४० भन्दा बढी देशमा रेड नोटिसका आपराधिक मुद्दा छन्। 'अरबमा धेरै मुद्दा छन्। यसबाहेक युरोप र अमेरिकी देशमा पनि नेपाली अपराधमा संलग्न रहेको पाइएको छ। ती अपराध ठगी, हत्यालगायतमा धेरै सम्बन्धित छन्', एनसीबी स्रोतले भन्यो।

नेपाल प्रहरीका सहप्रवक्ता ठाकुर ज्ञवालीले बढ्दो विदेश पलायनसँगै विदेशमा आपराधिक घटनामा नेपालीको संलग्नता बढेको बताए। रेड नोटिस पाँचपाँच वर्षमा नवीकरण हुने गर्दछ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.