जिप दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुग्यो : १७ घाइते

जिप दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुग्यो : १७ घाइते

पाल्पा : पाल्पामा भएका सवारी दुर्घटनामा पाँचजनाको ज्यान गएको छ भने १७ जना घाइते भएका छन् ।

दोभान गाविस ४ श्रीडाँडामा जिप दुर्घटनामा परी एउटै गाउँका ४ जनाको ज्यान गएको छ भने १६ जना घाइते भएका छन् । श्रीडाँडाबाट जन्तीको पञ्जेबाजा बजाउने टोली बोकेर झुम्सा झरेको लु १ ज २६८९ नम्बरको जिप सोमबार राति दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

दुर्घटना परी दोभान २ देउरालीका ४९ वर्षीय हरिप्रसाद राना, ३० वर्षीय मीनप्रसाद थापा, ४१ वर्षीय जसवीर वाकावल र २६ वर्षीय यमबहादुर रानाको ज्यान गएको प्रहरीले जनाएको छ । उनीहरू विवाह घरमा बाजा बजाएर घर फर्किएका थिए । विवाहमा पञ्जेबाजासहित रमाइलो गराएर घर फर्केकाहरू घर नपुगेपछि देउराली गाउँमा रुवावासी भएको छ ।

कच्ची ओरालो सडक र जिपको ब्रेक फेल भएर सडकबाट २ सय मिटर तल खसेर दुर्घटना भएको हो । राति र भिरालो क्षेत्र भएकाले उद्धारमा समेत समस्या परेको थियो । घाइतेको लुम्बिनी अञ्चल अस्पताल बुटवलमा उपचार भइरहेको छ । जिप चालक २७ वर्षीय विमल दर्लामीसहित अन्य ८ जनाको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ । दुर्घटनास्थल दोभन प्रहरीचौकीभन्दा ९ किलोमिटर टाढा कच्ची सडकमा पर्छ ।

बसको ठक्करबाट अर्का एकजनाको ज्यान गएको छ भने एकजना घाइते भएका छन् । तानसेन तम्घास सडकअन्तर्गत तानसेन १३ ढुंगाखानीमा बसको ठक्करबाट मोटरसाइकल चालक तानसेन १० का १९ वर्षीय संगीत दर्माको ज्यान गएको पाल्पा प्रहरीले जनाएको छ ।

लु १ ख ६९८२ बस र लु २१ प ९२८७ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका हुन् । ठक्करबाट घाइते भएका दर्माको मिसन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ भने घाइते मोटरमा सवार चिदिपानी ४ का अमित सारुको मिसन अस्पतालमै उपचार भइरहेको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.