अदालत विस्फोटमा १२ को मृत्यु

अदालत विस्फोटमा १२ को मृत्यु

काबुलः अफगानिस्तानको राजधानी काबुलमा रहेको एक अदालत नजिकै मंगलबार भएको आत्मघाती बम आक्रमणमा परी १२ जनाको मृत्यु भएको अफगानी अधिकारीले बताएका छन् । घटनामा १२ जना घाइते भएको बताइएको छ ।

एकजना आत्मघाती आक्रमणकारीले अदालतका कर्मचारीलाई लक्षित गरी विस्फोट गराएको अफगानिस्तानको गृह मन्त्रालयका प्रवक्ता नजिबुल्लाह डेनिसले बताए । आक्रमणकारी पैदल अदालत परिसरमा प्रवेश गरेको र अदालतको गाडी पार्किङ क्षेत्रमा विस्फोट गराएको डेनिसले जानकारी दिए ।

यस घटनाबारे विस्तृत विवरण प्राप्त भइनसकेको उनले बताए । यसैगरी पश्चिमी क्षेत्रमा पर्ने फराहमा भएको बम आक्रमणमा परी जिल्ला गभर्नरको मृत्यु भएको छ । खाक इ साफ्ड जिल्लाका गभर्नरको सोमबार राति हत्या भएको सरकारी अधिकारीले जानकारी दिएका छन् । घटनास्थल राजधानी काबुलदेखि ६९५ किलोमिटर पश्चिममा पर्दछ । आक्रमणको तालिवानी लडाकुले जिम्मेवारी लिएका छन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.