आइएसद्वारा रेडक्रसका छ कर्मचारीको हत्या

आइएसद्वारा रेडक्रसका छ कर्मचारीको हत्या

काबुलः कट्टर धार्मिक अतिवादी समूह इस्लामिक स्टेट-आईएस)ले अफगानिस्तानको जौजाङ प्रान्तमा बुधबार अन्तर्राष्ट्रिय रेडक्रसका ६ जना कर्मचारीको हत्या गरेको छ ।

आइएस लडाकुले स्थानीय समयअनुसार बिहान करिब १० बजेतिर कर्मचारीमाथि आक्रमण गरेको अन्तर्राष्ट्रिय रेडक्रसका काबुलस्थित प्रवक्ता रमिन अयाज अहमदले जानकारी दिए । ‘दुर्भाग्यवश जौजाङ प्रान्तमा आज भएको अप्रिय घटनामा हाम्रा ६ जना कर्मचारी मारिएका छन्', उनले सञ्चारमाध्यमसँग भने ।

जौजाङ प्रान्तका गभर्नर लुटफुल्लह अजिजले पनि बिहान भएको घटनाको पुष्टी गरेका छन् । ‘इस्लामिक स्टेट (आईएस) समर्थित लडाकु समूहले अन्तर्राष्ट्रिय रेडक्रसका आठ जना कर्मचारी अपहरण गरेकोमा ६ जनाको शव भेटियो भने दुई जनाको अवस्था अज्ञात छ', गभर्नर अजिजले बताए ।

आक्रमणमा मारिएका सबै जना अफगानिस्तान कै नागरिक हुन् । आक्रमणकारीको खोज ीगर्न प्रहरीले सुरक्षा कारबाही कडा र तीव्र बनाएको सञ्चारमाध्यमले उल्लेख गरेका छन् । घटनास्थल अफगान राजधानी काबुलदेखि ३ सय ९० किलोमिटर उत्तरमा पर्छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.