सेलिब्रेटीका नजरमा भ्यालेन्टाइन

सेलिब्रेटीका नजरमा भ्यालेन्टाइन

पछिल्लो समय नेपाली समाजमा पनि मौलाएको भ्यालेन्टाइन डे अर्थात् फ्रेब्रुअरी १४ नजिकिँदैछ । प्रेममा विश्वास गर्नेहरूका लागि यो दिन विशेष मानिने भए पनि कतिपयले यसमा असहमति पनि जनाउने गरेका छन् । अविवाहित तर कसैको माया र साथको पर्खाइमा रहेकालाई भने यो दिनले विशेष अर्थ राख्नसक्छ । यिनै विषयमा केही सेलिब्रेटीका विचार यहाँ प्रस्तुत छः


धेरै आशा राख्नु हुन्न


माला लिम्बू, नायिका
प्रायः चाडपर्व मनाउन विशेष दिन छुट्याइएको हुन्छ । त्यस्तै दिनमध्येको एक दिन हो, भ्यालेन्टाइन डे । कुनै पनि स्पेसल दिनहरू राम्रो वा नराम्रो भन्ने हुँदैन । यो मान्छेको सोचमा भर पर्छ । मलाई भ्यालेनटाइनको दिन सार्वजनिक बिदाजस्तो लाग्छ । म पनि भ्यालेन्टाइन मनाउँछु । तर, त्यस्तो खतरा सेलिब्रेसन भन्ने हुँदैन । त्यस्तै, सपिङ जाने, डिनर जाने गिफट एक्सचेन्ज गरेर मनाउने गरेकी छु । भ्यालेन्टाइनलाई नराम्रो रूपमा हेर्दिनँ । तर यस दिन धेरै ठूला आशा राखिनु राम्रो होइन । ठूलो आशा राखेर चित्त दुखाउनु हुँदैन । यसपटकचाहिँ चलचित्र पर्वको छायांकन चलिरहेकाले त्यसमै व्यस्त हुन्छु ।


मेरो लागि सधैं भ्यालेन्टाइन


पूजा शर्मा, नायिका
चलचित्र ‘म यस्तो गीत गाउँछु'को छायांकनमा रहेकी पूजा शर्मा आफू कहल्यिै भ्यालेन्टाइन नमनाउने बताउँछिन् । भन्छिन्, ‘भ्यालेन्टाइन डेबारे चासो राख्दिनँ । यो बाहिरबाट आएको चलन हो । अहिलेसम्म भ्यालेन्टाइन मनाएको पनि छैन ।' माया गर्न त्यही दिन कुर्नुपर्छ भन्ने उनलाई लाग्दैन । उनलाई आफ्नै दसंै तिहारलगायतका चाडबाड मनाउन रमाइलो लाग्छ । उनलाई भ्यालेन्टाइनजस्ता बाहिरबाट आएका अन्य पर्वहरू पनि मनाउन मन लाग्दैन । मेरो लागि त सधैं भ्यालेन्टाइन । म सबभन्दा बढी कामलाई प्राथमिकता दिन्छु । भ्यालेन्टाइनको समयमा पनि प्रायः छायांकनमै हुन्छु ।

रेखा थापाले प्रपोज गरिन

कोमल ओली, गायिका
भ्यालेन्टाइन डेलाई अन्तर्राष्ट्रिय रूपमा मनाइन्छ । यसलाई हामीले रोक्न सकेनौं, नेपालमा पनि भित्रियो । हुन त यो नेपाली संस्कृति हैन तर नेपाली परम्पराअनुसार प्रेमलाई एकदमै आदर र सम्मान गर्ने संस्कार छ । हामी प्रेमलाई महत्वव दिन्छौं । हामी खुलेर प्रेम गर्न हिच्किचाउँछौं । देखिने गरी चुम्बन गर्न सक्दैनौं, सेक्सुअल अपिल हुने खालका कार्य गर्न सक्दैनौं । किनकि हाम्रो समाजमा यो स्वीकार्य छैन । तर, आजकाल युवाहरू भ्यालेन्टाइनलाई प्रेमप्रस्ताव राख्ने पर्वका रूपमा मान्न थालेका छन् । गुलाबका फूल बिक्री हुन्छन् । व्यापार बढेको छ । डेटिङ गर्ने चलन बढेको छ । पैसाको जोहो गर्नु परेको छ । पढाइमा ध्यान दिएका छैनन् । अनावश्यक खर्चले डिप्रेसन हुने गरेको छ । त्यसले यसका सकारात्मक र नकारात्मक दुवै प्रभाव छ । मचाहिँ हार्दिक प्रेममा विश्वास गर्छु । मैले एकपटक कोरियामा मनाएको भ्यालेन्टाइनको याद आउँछ । त्यति बेला रेखा थापाले मलाई प्रपोज गरेकी थिइन् ।

अर्पण थापालाई विस गर्छु


बेनिशा हमाल
अभिनेत्री बेनिशा हमाललाई अहिले भ्यालेन्टाइनले छोइसकेको छ । पहिला उनलाई त्यस्तो लाग्दैनथ्यो । मलतब हुन्थेन तर हिजोआज साथीभाइको सर्कलमै भ्यालेन्टाइनको चर्चा हुन्छ । कताकता उनलाई रमाइलो लाग्छ । माया गर्नका लागि त्यो दिन प्रेमी जोडीका लागि विशेष दिन होजस्तो लाग्छ । हुन त अन्य दिन पनि विशेष हुन्छ तर त्यो दिन अझै स्पेसल हुने उनको भनाइ छ । यसपटकको भ्यालेन्टाइमा उनी चलचित्र ब्लाइन्ड रक्सको छायांकनमा हुनेछिन् । ‘छायांकनका क्रममा मेरो साथमा नायक अर्पण थापा हुनुहुन्छ, उहाँलाई भ्यालेन्टाइन विस गर्छु', बेनिसाले भनिन् । उनको विचारमा भ्यालेन्टाइनमा प्रेमीप्रेमिकाबाट धेरै आशा राख्नु, महँगो उपहार खोज्नु राम्रो होइन । ‘यो त माया साट्ने दिन हो, उपहार हैन', उनले स्पष्ट पारिन् ।

रोज र कार्ड डस्टबिनमा फालेँ


रजनी केसी
हिजोआजका युवकयुवती केवल आकर्षणलाई प्रेम भनेर झुक्किएको बताउँछिन् नायिका रजनी केसी । उनको विचारमा उमेरमा प्रेमभन्दा उचित शिक्षा, संस्कार र सही सुझावको खाँचो हुन्छ । पछिल्लो समय प्रेममा पनि विकृति देखिएको छ । प्रेममा बदला लिन थालेका छन् । कोही आफ्नो भएन भने एसिड फ्याँक्नु प्रेम होइन । प्रेममा परिपक्व भएर सोच्नु आवश्यक हुन्छ । त्यसले उनलाई भ्यालेन्टाइन एकदमै महत्ववपुर्ण दिन लाग्छ । अरू बेला प्रस्ताव गरेको भन्दा त्यो दिन प्रस्ताव गरेको रमाइलो हुन्छ । ‘मेरो दिमागमा यो दिन स्पेसल दिन हो भन्ने छाप परेको छ', उनले भनिन् । अहिलेसम्म प्रेमसम्बन्धमा नपरे पनि कसैले प्रस्ताव राख्ने हिम्मत गर्छन् कि भनेर पर्खिरहेको उनको भनाइ छ । स्कुलमा ७ कक्षामा हुँदा प्रेमप्रस्ताव आए पनि डरले रोज र कार्ड डस्टबिनमा फालेकी थिइन् । ‘त्यो प्रेम साइलेन्टमै सकियो', उनले स्मरण गरिन् ।


मेरो विशेष मान्छे छैन् 

मेघना लामा, मिस पिंक
भ्यालेन्टाइन डेलाई पराईको संस्कृति मान्छिन् मेघना लामा । तर, नेपालमा पनि धेरैले मनाउन थालेका छन् । उनको विचारमा भ्यालेन्टाइन भनेको प्रेमीप्रेमिकाको स्पेसल दिनचाहिँ हो । ‘मेरो लागि त कोही विशेष मान्छे छैन तर पनि मेरो रेस्टुरेन्टमा धेरै जोडी आउँछन्', उनले भनिन् । वसन्तपुर क्षेत्रमा रुमल्लिएका जोडीहरू देख्दा उनलाई पनि रमाइलो लाग्छ । ‘म व्यापारमा लागेको हुँदा धेरै प्रेमिल जोडीहरू रेस्टुरेन्टमा आउँछन्', मेघनाले भनिन्, ‘तर यो दिनलाई महत्वव दिएको देख्दा अरूको संस्कृतिमा रमाएर आफ्नो संस्कृति बिर्सिरहेजस्तो लाग्छ ।'


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.