हिमालयनको जित

हिमालयनको जित

गाईघाटः चौथो रमपम उदयपुर गोल्डकपअन्तर्गत शुक्रबार भएको खेलमा हिमालयन शेर्पा क्लबले जित हात पारेको छ । आयोजक उदयपुरलाई ४-१ गोलले पाखा लगाउँदै हिमालयन शेर्पाले प्रतियोगितामा पहिलो जित हात पारेको हो । खेलको ११औं मिनेटमा हिमालयन शेर्पाका सुरज हमालले गोल गर्दै टोलीलाई अग्रता दिएका थिए । त्यसको ११ मिनेटपछि उदयपुरका रामु थापामगरले गोल गर्दै खेललाई १-१ को बराबरीमा पुर्‍याएका थिए ।

खेल बराबरीमा ल्याएपछि हौसिएको उदयपुर आफ्नै खेलाडी लक्ष्मी पञ्जियारबाट आत्मघाती गोल भएपछि निरास बन्न पुग्यो । खेलमा लगातार दबाब बनाएको हिमालयन शेर्पाले ७९औं मिनेटमा गोल गर्दै खेल ३-१ को स्थितिमा पुर्‍यायो । हिमालयन शेर्पाका विदेशी खेलाडी मौसा कामागाटेले टोलीका लागि आकर्षक गोल गरेका थिए ।

त्यसपछि खेल सकिन आठ मिनेट बाँकी रहँदा हिमालयन शेर्पाका विश्वास श्रेष्ठले गोल गर्दै टोलीलाई ४-१ को फराकिलो जित दिलाए । उक्त खेलमा म्यान अफ दी म्याचको पुरस्कार हिमालयन शेर्पा क्लब विश्वास श्रेष्ठले पाए । शनिबार सशस्त्र प्रहरी बलको एपीएफ क्लब र मोरङ—११ बीच खेल हुनेछ । प्रतियोगिताको विजेताले दुई लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.