ट्रम्पलाई चुनौती दिन उत्तर कोरियाको मिसाइल परीक्षण

ट्रम्पलाई चुनौती दिन उत्तर कोरियाको मिसाइल परीक्षण

एजेन्सी: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्‍पलाई चुनौती दिन उत्तर कोरियाले ब्यालेस्टिक मिसाइल परीक्षण गरेको छ। दक्षिण कोरियाका रक्षा मन्त्रालयका अनुसार उत्तर कोरियाको प्योङयाङ प्रान्तस्थित ब्याङयोङ एयर बसबाट जापानी पूर्वी समुद्रतिर ५ सय किलोमिटर अर्थात ३ सय माइलको मिसाइल परीक्षण गरेको हो।

त्यहाँको स्थानीय समय अनुसार विहान ७ बजेर ५५ मिनेटमा उक्त मिसाइलको परीक्षण गरेको बीबीसीले जनाएको छ। रक्षा मन्त्रालयका प्रवक्ताका अनुसार मिसाइल समुद्रमा खस्नुभन्दा पहिले करीब ५ सय किलोमिटर उडान भरेको थियो। तर मिसाइल कस्तो प्रकारको हो भन्‍नेमा पत्ता लगाइएको छैन।

मन्त्रालयले आफ्नो बयानमा भनेको छ, 'उत्तर कोरियाको यो मिसाइल परीक्षण विश्‍वको ध्यान तान्‍नको लागि हो। अमेरिकी प्रतिक्रिया लिनको लागि पनि यो परीक्षण गरिएको हुनुपर्छ। '

यता, उत्तर कोरियाले गरेको मिसाइल परीक्षणलाई भने जापानी प्रधानमन्त्री सिन्जा आबेले मिसाइल परीक्षण गरैजिम्म‍ेवारको प्रतिक्रिया दिएका छन्। उनले भनेका छन् 'उत्तरको यो कदमविरुद्ध जापान र अमेरिका एकै ठाउँमा उभिन तयार छ।' यस्तै जापानी अधिकारीहरुले उक्त मिसाइल जापानको पानीसम्म नआइपुगेको प्रतिक्रिया दिएका छन्।

उत्तर कोरियाले पछिल्लो अक्टूबरमा पनि यही एयरबसबाट मिसाइल परीक्षण गरेको थियो। त्यतिबेला पनि अमेरिकी रक्षामन्त्री जम्‍स म्याटिनले प्योङयाङलाई परमाणु हमला गर्ने चेतावनी दिएका थिए। उनले मिसाइल परीक्षण गरे प्योङयाङले ठूलो परमाणु हमला भोग्‍नु पर्ने चेतावनी दिएका थिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.