टर्कीको सेना सिरिया प्रवेश

टर्कीको सेना सिरिया प्रवेश

बेरुतः टर्कीको सेना र ऊसँग सम्बद्ध सिरियाली विद्रोही उत्तरी सिरियामा कट्टरपन्थी इस्लामिक स्टेट (आइएस)को कब्जामा रहेको अल बाब सहरमा प्रवेश गरेका छन् । सिरियाको सरकारी सेना पनि जिहादीको गढ नजिकै पुगिसकेको छ ।

पश्चिमा समर्थित मानवअधिकारवादी संस्था सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले यस्तो जानकारी दिएको छ । टर्कीको सरकारी समाचार संस्था अनादोलुले पनि उक्त घटनाको पुष्टि गरेको छ । उसले अल बाब सहरमा आइएससँगको भिडन्तमा टर्कीका एक सैनिक मारिएको र एकजना गम्भीर घाइते भएको उल्लेख गरेको छ । आइएसका लडाकुलाई त्यस सहरबाट लखेट्न टर्कीको सेना र सिरियाली विद्रोहीले संयुक्त रूपमा यद्ध गरिरहेका छन् ।

ह्युमन राइट्सले टर्कीको सेना पश्चिमतर्फबाट अल बाब सहरमा प्रवेश गरेको र आइएसमाथि भीषण आक्रमण गरेको दाबी गरेको छ । उक्त सहरको पश्चिमी भूभाग टर्कीको सेनाको नियन्त्रणमा आएको छ । टर्कीको सेनाको आक्रमणबाट ६ जना मारिएका छन् । टर्कीको सेना र विद्रोही उत्तर, पूर्व र पश्चिम दिशाबाट अल बाब सहरभित्र प्रवेश गरिरहेका छन् भने सिरियाली सरकारी सेना दक्षिणबाट अगाडि बढिरहेको छ ।

यसैबीच काजकिस्तानको विदेश मन्त्रालयले शनिबार सिरियाली सरकार र विद्रोही पक्षलाई दोस्रो चरणको वार्ताका लागि जेनेभामा जानुभन्दा पहिले यसै विषयमा थप छलफल गर्न अस्तानामा आउन निमन्त्रणा पठाएको छ । अस्तानमा यही फेब्रुअरी १५ र १६ गते छलफल गर्ने गरी अस्ताना आइपुग्न सम्बद्ध पक्षलाई बोलाइएको विज्ञप्तिमा जनाइएको छ ।

रूस, टर्की र इरानको पहलमा अस्तानामा भएको पहिलो चरणको वार्ता जनवरी २३ मा बोलाइएको थियो भने दुवै पक्ष आवश्यक तयारीसाथ दोस्रो वार्तामा सहभागी हुने सहमति भएको थियो ।

दोस्रो चरणको औपचारिक वार्ताको पूर्वसन्ध्यामा हुने छलफलमा सिरियाली सरकार तथा विद्रोही पक्षबाट आफ्ना प्रतिनिधि सहभागी गराउन आग्रह गरिएको छ भने वार्तामा राष्ट्रसंका सिरियाका लागि विशेष प्रतिनिधि स्टेफेन डे मिस्टुरा र अमेरिकी पर्यवेक्षकलाई पनि आमन्त्रण गरिएको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.