बम आक्रमणमा तीन सैनिक मारिए

बम आक्रमणमा तीन सैनिक मारिए

पाकिस्तान: अफगानिस्तानको सीमाक्षेत्रमा रहेको सधैं अशान्त भइरहने पाकिस्तानको उत्तरपश्चिमी आदिवासी इलाकामा सडक किनारमा रहेको बम विस्फोटमा परी तीन अर्ध सैनिकको मृत्यु भएको अधिकारीले सोमबार जानकारी दिएका छन्।

दक्षिणी वाजिरिस्तान आदिवासी जिल्लाको तोइखोला गाउँमा आइतबार गस्तीमा रहेका सैनिक लक्षित सो विस्फोट गराइएको बताइएको छ।

दक्षिणी वाजिरिस्तानमा गस्तीमा रहेका सैनिक लक्षित सो बम विस्फोटमा तीन सैनिक मारिएका एक सुरक्षा अधिकारीले एएफपी समाचार समितिलाई बताएका छन्। दुर नियन्त्रितयन्त्रको सहयोगले सो बम विस्फोटन गराइएको पनि ती अधिकारीले जानकारी दिएका छन्।

शक्तिशाली सैनिक प्रमुख जरनल कामर जाभेद् बाज्वाको उक्त जिल्ला भ्रमणको केही समयापश्चात् सो आक्रमण भएको बताइएको छ।

पाकिस्तानाको सातवटा अर्ध स्वायित्व आदिवासी क्षेत्रमध्ये दक्षिणी वाजिरिस्तान पनि एक हो। यहाँ एक दशक भन्दा बढी समययता अल कायदा र तालिवानसँग आवद्ध आतङ्ककारी समूह पाकिस्तानी सुरक्षाबलसँग झडप गर्दै आएका छन्। रासस/एएफपी


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.