इब्राहिमोभिच म्यानचेस्टर युनाइटेडमै रहने माउरिन्होको दाबी
काठमाडौंः म्यानचेस्टर युनाइटेडका प्रशिक्षक जोसे माउरिन्होले स्ट्राइकर जाल्टन इब्राहिमोभिच अर्काे सिजन पनि क्लबसँग रहने दाबी गरेका छन्।
तर, इब्राहिमोभिचले भने यस विषयमा कुनै धारणा ब्यक्त गरेका छैनन्। प्रशिक्षक माउरिन्होले भने अर्को सिजनका लागि पनि इब्राहिमोभिचसँग सम्झाैताका लागि छलफल भइरहेको बताएका छन्। उनले इब्राहिमोभिचले प्रिमियर लिग फुटबलमा १०० गोल गर्न चाहेको समेत उल्लेख गरेका छन्।
३५ वर्षीय स्ट्राइकर इब्राहिमोभिच पेरिस सेन्ट जर्मेन (पीएसजी) सँगको सम्झौता सकिएपछि एक वर्षको सम्झौता गर्दै युनाइटेडसँग आबद्ध भएका हुन्। युनाइटेडसँगको सम्झौता उनको यही सिजनको अन्तिममा सकिनेछ। स्टार स्ट्राइकर इब्राहिमोभिचले म्यानचेस्टर युनाइटेडका लागि २० गोल गरिसकेका छन्।