भक्तलाई मन्दिरमा प्रसादको रुपमा 'सुनको गहना' !
एजेन्सी: तपाईले अहिलेसम्म मन्दिमा पूजा गर्दा प्रसादको रुपमा नरिवल, मिठाइ वा अन्य खानेकुरा पाउनु भएको छ होला। तर के मन्दिरमा पूजा गरेको भरमा सुनको गहना पाउनु भएको छ ?
भारतको मध्य प्रदेशस्थित रतलाममा रहेको महालक्ष्मीको मन्दिरमा पूजा गर्न आउने भक्तजनलाई प्रसादको रुपमा लड्डु, मिठाइ नभइ सुनको आभूषण दिने गरिन्छ।
मन्दिरको नियम अनुसार यहाँ आउने भक्तजनले पनि मिठाइ गहना चढाउने चलन रहेको छ भने उनीहरुले प्रसादको रुपमा पनि गहना नै पाउने चलन रहेको छ।
महालक्ष्मीको मन्दिरमा दर्शन गर्न भक्तजनको भीड लाग्न गरेको छ। यो मन्दिरलाई भर्खरै सय करोडले सजाएर तीन तीनसम्म उत्सब मनाइएको छ भने गत वर्ष ८० करोडले सजाएर उत्सव मनाइएको थियो।