पिएसजीसँग बार्सिलोना ४-० ले पराजित

पिएसजीसँग बार्सिलोना ४-० ले पराजित

काठमाडौं : च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ को पहिलो लेगमा बार्सिलोना भारी अन्तरले पराजित भएको छ ।

प्रि–क्वाटरफाइनलको पहिलो लेगमा बार्सिलोना पेरिस सेन्ट जर्मेन (पिएसजी) सँग ४-० ले पराजित भएको हो। पिएसजीको जितका लागि एन्जल डि मारियाले दुई तथा जुलियन ड्रेक्सलर र एडिसन काभानीले एक एक गोल गरे ।

बार्सिलोनामाथि हावी भएको पिएसजीले खेलको १८ औँ मिनेटमा डि मारियाको गोलबाट खेलमा अग्रता लिएको थियो। ४० औँ मिनेटमा ड्रेक्सरले अर्को गोल गरेपछि पहिलो हाफमै बार्सिलोना २-० ले पछाडि परेको थियो।

दोस्रो हाफमा समेत बार्सिलोना पिएसजीमाथि कमजोर देखियो । दोस्रो हाफ सुरु भएको १० मिनेटमै डि मारियाले व्यक्तिगत दोस्रो गोल गर्दै पिएसजीलाई ३–० को अग्रता दिलाए । खेल अवधिभर दबाबमा रहेको बार्सिलोनामाथि खेलको ७१ औँ मिनेटमा काभानीले गोल गरे । अन्तत काभानीको गोलसँगै बार्सिलोनामाथि पिएसजीले ४–० को सानदार जित निकालेको हो ।

बार्सिलोनाका स्टार खेलाडी लियोनल मेसी, लुइस स्वारेज र नेइमार मैदानमै भएको खेलमा बार्सिलोना ४-० को अन्तरले पराजित हुँदा बार्सिलोनाका दर्शक समेत स्तब्ध भएका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.