नेसनल कलेजमा बैंकिङ कोर्स सञ्चालन हुने

नेसनल कलेजमा बैंकिङ कोर्स सञ्चालन हुने

काठमाडौंः मणिपाल सिटी एन्ड गिल्डस्ले नेपालमा आर्क भेन्चर्स प्रालिसँगको सीपमूलक एवं व्यावहारिक तालिम आयोजना गर्ने भएको छ । संस्थाले बुधबार नेसनल कलेजमा पत्रकार सम्मेलन गरी उक्त कार्यक्रमसम्बन्धी जानकारी गराएको हो । नेपालमा विद्यमान दक्ष कामदार अभाव र बेरोजगारी अन्त्यका लागि हस्पिटालिटी, बैंकिङ, कन्सट्रक्सन, सेकुरिटी गार्ड र अंग्रेजी भाषासम्बन्धी अन्तर्राष्ट्रिय स्तरको तालिम सञ्चालनका लागि तयारी भइरहेको सम्मेलनमा जानकारी गराइएको छ ।

आर्क भेन्चर नेपालका लागि बैंकिङ, हस्पिटालिटी, निर्माण, सेक्युरिटी र अंगे्रजी भाषाका सीपमूलक तालिम सञ्चालन गर्न मणिपाल सिटी एन्ड गिल्ड्सको आधिकारिक संस्थाका रूपमा रहेको छ । २० वर्षदेखि गुणस्तरीय एवं जीवनपयोगी ज्ञान प्रदान गर्दै आइरहेको नेसनल कलेजले आर्क भेन्चर प्रालिसँगको सहकार्यमा बैकिङसम्बन्धी कोर्स सञ्चालन गर्ने जनाएको छ । उक्त कलेजले हाल काठमाडौं विश्वविद्यालयको सम्बन्धनमा डेभलपमेन्ट स्टडिज, डेभलपमेन्ट फाइनान्स र सोसल साइन्स गरी तीनवटा स्नातक तहका विषय पढाउँदै आएको छ । मणिपाल ग्लोबल एजुकेसन शिक्षणसम्बन्धी सेवा प्रदान गर्ने एक अग्रणी संस्था हो । यसले उच्च शिक्षासम्बन्धी सेवा, कर्पाेरेट तालिम, सीपमूलक तालिमका कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ । नेपाल, भारत, मलेसिया, एन्टिगुवा र दुबईमा गरी हाल यसका ९ वटा क्याम्पस सञ्चालनमा छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.