वजार प्रर्वद्धनमा एलजीको इनोभेसन अन ह्विल्स
काठमाडौः बजार प्रर्वद्धन गर्न एलजी ब्रान्डले ‘इनोभेसन अन ह्विल्स’ कार्यक्रम सञ्चालन गरिरहेको छ । पश्चिम नेपालका विभिन्न ठाउँमा प्रर्वद्धन कार्यक्रम सञ्चालन गरिरहेको कम्पनीले जनाएको छ । यस अन्तर्गत कम्पनीले एलजीका ओएलईडी टीभी, वासिङ मेसिन, रेफ्रिजेरेटर तथा माइक्रोवेभका बारेमा जानकारी गराएको छ । प्रर्वद्धन कार्यक्रममा सहभागीले एलजीसम्बन्धी निःशुल्क परामर्श लिनसक्ने जनाइएको छ ।
नेपालगन्ज, कोहलपुर, अत्तरिया, धनगढी, महेन्द्रनगर, सुर्खेत, तुल्सिपुर, घोराही, तानसेन, बुटवल तथा मुर्गिया हँदै नेपालका अन्य ठाउँमा पनि कार्यक्रम सञ्चालन गरिने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार कार्यक्रमले एलजी ब्रान्डको विशेषताका बारेमा उपभोक्तालाई जानकारी गराई आफूलाई स्थापित गराउनेछ ।