लक्ष्मी हेयर एन्ड ब्युटीको शाखा पुल्चोकमा

लक्ष्मी हेयर एन्ड ब्युटीको शाखा पुल्चोकमा

काठमाडौः लक्ष्मी हेयर एन्ड ब्युटी स्टुडियोले ललितपुरमा तेस्रो शाखा विस्तार गरेको छ । ललितपुरको पुल्चोकस्थित भाटभटेनीमा सञ्चालन गरिएको शाखाको उद्घाटन हाँस्यकलाकार सिताराम कट्टेल ‘धुर्मुस’ र कुन्जना घिमिरे ‘सुन्तली’ले गरेका थिए । उक्त अवसरमा स्टुडियोले धुर्मुस-सुन्तली फाउन्डेसनलाई ५० हजार रुपैयाँ नगद सहयोग गरेको थियो ।

१७ वर्षदेखि राजधानीमा सञ्चालित लक्ष्मी हेयर एन्ड ब्युटी स्टुडियोले काठमाडौंको महाराजगञ्ज र कोटेश्वरपछि ललितपुरको भाटभटेनीमा शाखा विस्तार गरेको हो । यहाँबाट महिला तथा पुरुषले कपाल तथा सौन्दर्यसम्बन्धी सम्पूर्ण सेवा लिन सक्नेछन् । बुटिक शैलीमा सञ्चालनमा आएको ललितपुर शाखा पारिवारिक हेयर एन्ड ब्युटी स्टुडियो भएको स्टुडियोका अध्यक्ष लक्ष्मी ठाकुरले बताए । ग्राहकको चाहनालाई मध्यनजर गर्दै शाखा सञ्चालनमा ल्याइएको अध्यक्ष ठाकुरले बताए ।

‘बच्चादेखि वृद्धा सबै हाम्रा ग्राहक हुन्, मध्यम वर्गदेखि उच्च घरानियासम्मलाई लक्षित गर्दै स्टुडियो सञ्चालनमा ल्याएका हौं’, उनले भने, ‘सामाजिक उत्तरदायित्वअन्तर्गत धुर्मुस-सुन्तली फाउन्डेसनलाई सहयोग गरेका हौं ।’ फाउन्डेसनका सिताराम कट्टेल र कुञ्जना घिमिरेले स्टुडियोले गरेको सहयोगको स्वागत गर्दै एकीकृत वस्ती निर्माणमा सहयोग गर्न सबैलाई आग्रह गरे ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.