नौ कक्षा पढ्ने विद्यार्थीले बस चलाएपछि...

नौ कक्षा पढ्ने विद्यार्थीले बस चलाएपछि...

काठमाडौं : दिदी अर्कैसँग हिँडेपछि सन्तोष तामाङले भान्जा सुनीललाई सानैदेखि आफूसँगै राखेर हुर्काए। सन्तोषले सुनीललाई निकै माया गर्थे। भान्जाले भनेको सन्तोष नकार्दैनथे। सन्तोषले बालाजु-तीनपिप्ले चलाउने गाडी पछिल्लो समय बेलाबखत सुनील ‘म एकछिन चलाउँछु’ भन्दै माग्थे।

सन्तोषले पनि सजिलै दिन्थे। सुनीलले सजिलै कुदाउन थालेपछि सन्तोषको आत्मविश्वास पनि बढ्दै गयो। हरेक दिन उज्यालो नहुँदै बस आफ्नो घर तार्केश्वर-८ ठूला गाउँबाट बालाजु चोक पुर्या‍‍उनुपर्ने भएकाले सोमबार बिहान भान्जा सुनीलले लैजान्छु भने। सन्तोषले अस्वीकार गरेनन्।

तर, बालाजु चोक नपुग्दै सुनीलले कुदाएको बसले ठक्कर दिँदा एक जनाको ज्यान गएको छ। बा.३ ख ६५१ नम्बरको बसले बा. ७५ प ६६६१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा पछाडि सवार ३५ वर्षीय गंगामाया फुँयालको निधन भएको हो। गम्भीर घाइते मोटरसाइकल चालक ३८ वर्षीय राजकुमार फुँयालको ग्रान्डी अस्पतालमा उपचार भइरहेको छ।

राजकुमार र गंगामाया श्रीमान्÷ श्रीमती हुन्। तारकेश्वर नगरपालिका-१२ गोलढुंगाको स्थायी बासिन्दा फुँयाल दम्पती बिहानै बालाजुमा तरकारी बेचेर घर फर्कने क्रममा थिए। तर, सुनीलले हाँकेको बसले विपरीत दिशाबाट आइरहेको फुँयाल दम्पती सवार मोटरसाइकललाई अर्को लेनमा गएर ठक्कर दिएको बालाजु प्रहरी वृत्तका प्रहरी नायब उपरीक्षक सन्तोष तामाङले जानकारी दिए।

प्रहरीका अनुसार बालाजु चोकतर्फ आउने क्रममा सुनीलले केही यात्रुलाई समेत बाटोबाट बोकेका थिए। ‘भान्जाले यसअघि पनि कुदाउने गरेका कारण सन्तोषले दिने गरेका रहेछन्’, डीएसपी तामाङले भने। ठक्कर दिएपछि फरार भएका सुनील नागार्जुन स्कुलमा नौ कक्षामा अध्ययनरत छन्।

प्रहरीले गाडी मालिका सन्तोषलाई नियन्त्रणमा लिएको छ। घटनापछि स्थानीयले केही समय सडक अवरुद्ध गरेका थिए। ‘ठक्कर दिने सुनीललाई पक्रने आश्वासन दिएपछि प्रदर्शन साम्य भयो’, डीएसपी तामाङले भने। मृतक गंगामायाका एक छोरा र एक छोरी छन्। एक साताअघि बालाजुमै ट्रिपरले ठक्कर दिँदा स्कुटरमा सवार दुई जना महिलाको मृत्यु भएको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.