राष्ट्रिय एकता भेलामा ५० लाख उर्ताने ओलीको घोषणा

राष्ट्रिय एकता भेलामा ५० लाख उर्ताने ओलीको घोषणा

काठमाडौं : एमाले अध्यक्ष केपी शर्मा ओलीले मुलुकमा विद्यमान संक्रमणकालको अन्त्य, स्थिरता, राष्ट्रिय एकता र सामाजिक सद्भावका लागि मेची-महाकाली अभियान सार्थक हुने बताएका छन्।

‘आगामी २१ देखि चैत ५ गतेसम्म आयोजना हुने मेची-महाकाली राष्ट्रिय अभियान संक्रमणकालको अन्त्य, स्थिरता, राष्ट्रिय एकता एवं सामाजिक सद्भावका लागि हो’, पार्टी मुख्यालय धुम्बाराहीमा सोमबार उनले भने। अभियानक्रममा एमालेका बारेमा उत्पन्न गरिएका भ्रम चिर्न उनले स्वयंसेवकलाई निर्देशन दिए। ‘यो अभियानमा सरिक हुने सबैले एमालेका बारेमा उत्पन्न गरिएका भ्रम चिर्दै अघि बढ्नुपर्छ। यो एउटा यस्तो अभियान हो जो अभूतपूर्व छ, असाधारण छ, छर्लंग छ’, उनले भने।

एमालेबाहेक अन्य शक्तिले यस्तो कार्यक्रम गर्नै नसक्ने जिकिर उनले गरे। ‘यस्तो विचार र संगठन अरू दलसँग छँदै छैन। यो एउटा राष्ट्रका लागि गरिएको प्रण र प्रतिबद्धता पनि हो’, उनले भने। अभियानमा करिब १० हजार स्वयंसेवक परिचालन गरिएको छ। स्वयंसेवकलाई निर्देशन दिँदै उनले भने, ‘यो अभियान जनताका लागि राष्ट्रको पहिचान भएकाले सेल्फी खिच्ने र फेसबुक रंग्याउने कार्य नहोस्।’

विरलै निश्चित समयमा कार्यक्रममा सहभागी हुने ओलीले आफ्नो स्वास्थ्य ठीक नभएको जानकारी दिँदै भने, ‘तपाईंहरूले सबैभन्दा बढी स्वास्थ्यलाई ख्याल गर्नुहोस्। सबैभन्दा ठूलो स्वास्थ्य हो। मेरो स्वास्थ्य अलि ठीक छैन।’

‘यो अभियानमा पचास लाख मान्छे उत्रिन्छन्। राजमार्ग, सडक, बाटाघाटा, चौर सबै एमालेले ढाक्नेछ।’

स्वयंसेवकको स्वास्थ्य कमजोर भयो भने कमान्डरलाई के गरौं भनेर नसोधी पहिला स्वास्थ्यमा ध्यान दिन उनले सुझाए। स्वास्थ्य सबैभन्दा ठूलो कुरा हो र यसको ख्याल गर्नुपर्छ भन्ने कुराको हेक्का आफूलाई भर्खर मात्र भएको उनले बताए। ‘केही दिनअघि एउटा कार्यक्रममा बोल्दै गर्दा भनन्न रिँगाटा चलेजस्तो भयो, ढलौंला-ढलौंलाजस्तो भयो। म त्यहाँ लडेको भए एकछिन कार्यक्रम रोकिन्थ्यो र फेरि उठेर बोल्थें’, ओलीले भने।

कार्यक्रममा सम्बोधन गर्ने क्रममा ओलीले यो अभियानले कांग्रेस-माओवादी केन्द्र र मधेसी मोर्चाको सातो जाने दाबी गरे। ‘यो अभियानमा पचास लाख मान्छे उत्रिन्छन्’, उनले भने। राजमार्ग, सडक, बाटाघाटा, चौर सबै एमालेले ढाक्ने विश्वास आफूले गरेको उनले बताए। ‘लोकतन्त्रको प्रयोग गरौं न त भनेर कोठामा बसेर एमालेको कार्यक्रम बिथोल्छौं भन्नेहरूको के ल्याकत होला ? त्यसैले सत्तापक्षका हल्लाको कुनै तुक छैन’, उनले भने।

एमालेले अभियानका क्रममा संविधान संशोधन प्रस्तावलाई अनुचित ठहर्‍याउँदै भावनात्मक राष्ट्रिय एकता सिर्जना गर्ने जनाएको छ। उक्त पार्टीले ३० स्थानमा आमसभा, झाँकी प्रदर्शन र पार्टी प्रवेश कार्यक्रम तय गरेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.