गोल्डस्टार जुत्ता अब भाटभटेनीमा

गोल्डस्टार जुत्ता अब भाटभटेनीमा

काठमाडौः गोल्डस्टारका जुत्ता अब भाटभटेनीमा पनि पाइने भएको छ । गोल्डस्टारको आधिकारिक उत्पादक सुज म्यानुफ्याक्चरले भाटभटेनी डिपार्टमेन्ट स्टोरका शाखामार्फत गोल्डस्टारका जुत्ता उपलब्ध गराउने भएको हो ।

कम्पनीका अनुसार पहिलो चरणमा महाराजगन्ज र नक्सालस्थित भाटभटेनी शाखामा गोल्डस्टार जुत्ता उपलब्ध हुनेछ भने चाँडै नै भाटभटेनीका हरेका शाखामा गोल्डस्टार जुत्ता उपलब्ध हुने कम्पनीले जनाएको छ ।

ग्राहक सुविधालाई मध्यनजर गर्दै कम्पनीले आफ्ना उत्पादन भाटभटेनी स्टोरमा उपलब्ध गराएको हो । २०४६ सालदेखि बिक्री प्रवद्र्धन सुरु भएको गोल्डस्टार जुत्ता अहिले देशभर उपलब्ध छ । साथै, भारतीय बजारमा पनि गोल्डस्टारका उत्पादनको माग बढिरहेको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.