प्रधामन्त्री-चिनियाँ राजदूत भेटघाट, स्थानीय निर्वाचन बारे कुराकानी

प्रधामन्त्री-चिनियाँ राजदूत भेटघाट, स्थानीय निर्वाचन बारे कुराकानी

काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल र नेपालका लागि चीनियाँ राजदूत यु होङले बीच भेटघाट भएको छ । मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री र राजदूत होङबीच स्थानीय निर्वाचन र नेपालको पूर्वाधार विकासका विषयमा कुराकानी भएको प्रधानमन्त्रीको नीजि सचिवालयले जानकारी दिएको छ ।

भेटमा प्रधानमन्त्रीले नेपालको पूर्वाधार विकासको क्षेत्रमा चीनले गरेको सहयोगकालागि धन्यवाद दिँदै विकासका क्षेत्रमा चीनको थप सहयोग रहने विश्वास व्यक्त गरे । प्रधानमन्त्रीले नेपाल र चीनबीच 'कनेक्टिभिटी' पूर्वाधार विकास र पूर्व सम्झौताहरुको कार्यान्वयन प्रभावकारी रुपमा अगाडि बढिरहेको बताउनु बताए ।

प्रधानमन्त्रीले सरकार स्थानीय तहको निर्वाचन सम्पन्न गरी संविधान कार्यान्वयनलाई मूर्त रुप दिने प्रक्रियामा रहेको बताउँदै त्यसकालागि चीनको सकारात्मक सहयोग रहने विश्वास व्यक्त गरे । भेटमा प्रधानमन्त्रीले 'वान बेल्ट, वान रोड' अन्तर्गतका विकासका कार्यक्रमहरु अगाडि बढ्ने विश्वास समेत व्यक्त गरे ।

भेटमा चीनियाँ राजदूत होङले नेपाल र चीनबीचको सम्बन्ध सुमधुर रहेको बताउँदै नेपालको पूर्वाधार विकासका कार्यक्रमहरु सकारात्मक रुपमा अगाडि बढिरहेको र आगामी दिनमा थप तीब्रता दिइने बताएका छन्।

नेपालको राजनीतिक र संविधान कार्यान्वयनको प्रक्रिया सकारात्मक दिशामा अगाडि बढेको बताउँदै होङले त्यसमा चीनको सदैव सद्भाव रहने जानकारी दिईन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.