लगानी सम्मेलनको तयारी पूरा

लगानी सम्मेलनको तयारी पूरा

काठमाडौः सरकारले काठमाडौंमा आयोजना गर्न लागेको ‘लगानी सम्मेलन' को तयारी पूरा भएको छ । उद्योग मन्त्रालयले लगानी बोर्डसँगको सहकार्यमा बिहीबार र शुक्रबार सोल्टी होटेलमा सम्मेलन गर्दैछ ।

सम्मेलनमा स्वदेशी तथा विदेशी लगानीकर्ताको सहभागिता हुनेछ । सरकारी तहबाट २५ वर्षपछि लगानी सम्मेलन हुन लागेको हो । सम्मेलनमा दुई दर्जन मुलुकबाट झण्डै अढाई सय लगानीकर्ताले सहभागिताको प्रतिबद्धता जनाएका छन् ।

सम्मेलनमा विदेशी र स्वदेशी गरी आठ सयभन्दा बढीले रजिस्ट्रेसन गरिसकेको लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) महाप्रसाद अधिकारीले जानकारी दिए । ‘डेढ सयको हाराहारीमा विदेशी लगानीकर्ता आउने अनुमान गरेका थियौं, अढाई सय पुगिसकेका छन्', उनले भने, ‘स्वदेशी उद्यमी व्यवसायीको पनि उल्लेख्य सहभागिता हुने देखिएको छ ।'

सम्मेलनको उद्घाटन सत्रमा एसियाली पूर्वाधार लगानी बैंकका अध्यक्ष जीन लिक्वीन प्रमुख वक्ता हुनेछन् । भारतीय अर्थमन्त्री अरुण जेट्ली पनि सम्मेलनमा आउन लागेको सीईओ अधिकारीले बताए । ‘भारतीय अर्थमन्त्री नेपाल आउने समय तय भइसकेको छैन्, त्यसैले सम्मेलनको कुन सेसनमा सम्बोधन गर्ने भनेर यकिन भइसकेको छैन', उनले भने ।

सम्मेलनमा सबैभन्दा बढी चीनबाट सहभागी हुँदैछन् । चीनबाट ८९ जनाको प्रतिबद्धता आइसकेको छ । भारतबाट २१, श्रीलंकाबाट २०, मलेसियाबाट १४, जापानबाट १५, क्यानडाबाट १२ र हङकङबाट १० जना लगानीकर्ता सहभागी हुन लागेको उद्योग मन्त्रालयले जानकारी दिएको छ ।

डेढ सयको हाराहारीमा विदेशी लगानीकर्ता आउने अनुमान गरेका थियौं तर अढाइ सय पुगिसकेका छन् । स्वदेशी उद्यमी व्यवसायीको पनि उल्लेख्य सहभागिता हुने देखिएको छ । महाप्रसाद अधिकारी, प्रमुख कार्यकारी अधिकृत, लगानी बोर्ड

लगानी सम्मेलनमा भाग लिने पाहुना धमाधम नेपाल आउन थालेको सीईओ अधिकारीले बताए । ‘कतिपय विदेशी लगानीकर्ता नेपाल आइसकेका छन्, कतिपय आउँदैछन्' उनले भने, ‘सम्मेलनमा विदेशी लगानीको उल्लेख्य सहभागिताले हौसाएको छ ।'

दुई दिनसम्म चल्ने सम्मेलनको पहिलो दिन नेपालमा लगानी सम्भवना र अवसरका बारेमा छलफल हुनेछ । सरकारले लगानीसँग जोडिएका नीति तथा ऐनको बारेमा सहभागीलाई जानकारी गराउने छ । साथै, नेपालमा लगानी गरेका विदेशी लगानीकर्ताले आफ्नो अनुभव सेयर गर्नेछन् । नेपालमा लगानीको अवसर र वातावरण दुवै भएको सन्देश विदेशी लगानीकर्तामाझ फैलाउने उद्देश्य राखिएको छ । नेपाली उद्यमी, डेभलपमेन्ट पार्टनर, गैरआवासीय नेपालीले पनि सम्मेलनमा आफ्नो अनुभव आदानप्रदान गर्नेछन् ।

सम्मेलनको दोस्रो दिन ऊर्जा, पूर्वाधार, पर्यटन, सूचना प्रविधि, वित्तीय क्षेत्र, खानी तथा खनिज, कृषि तथा वनजन्य क्षेत्रसँग सम्बन्धित विभिन्न नौवटा विषयगत सत्रहरुमा छुट्टा÷छुट्टै कार्यपत्र प्रस्तुत गरिने भएको छ । साथै, लगानीको सम्भावना भएका प्रमुख क्षेत्रको क्षेत्रगत विवरण प्रस्तुत हुनेछ । सम्मेलनमा स्वदेशी र विदेशी लगानीकर्तामाझ विभिन्न विषयमा ‘प्यानल डिस्कसन' हुनेछ ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.