बैंकर्सलाई सिद्धमहायोग

 बैंकर्सलाई सिद्धमहायोग

विराटनगर: विराटनगरका बैंक र वित्तीय संस्थाका कर्मचारीको लागि पाँच दिवसीय सिद्धमहायोग आरम्भ भएको छ । जगत गुरु श्री रामानन्दाचार्य सेवा पिठ, बराहक्षेत्र, चतराधामका पिठाधीश एवं संरक्षक श्री १००८ श्री श्री डा.कृष्णदास महाराजले मंगलबार विराटनगरमा पानसमा प्रज्वलन गरी शिविरको उद्घाटन गरेका छन् ।


स्थानीय वाणिज्य बैंकहरु, विकास बैंक, फाईनान्स कम्पनी र नेपाल राष्ट्र बैंकसमेत गरी ३० बैंकका एकसय ७ जना कर्मचारी तथा बैंकस सिद्धमहायोगमा सहभागी छन् । महायोगमा कृष्णदासले शरीरलाई स्वास्थ्य राख्न र मानसिक तानवबाट मुक्त राखी स्फूर्त तथा आनन्दित मन बनाउने विधिबारे ज्ञान दिने रामानन्दाचार्य सेवा पिठका उपाध्यक्ष राजेन्द्र राउतले बताए ।


उनले भने, 'अहिलेको भागदौडपूर्ण जीवनशैलीलाई सहज जिउने कलाबारे पनि गुरुज्यूले ज्ञान बाढ्नु हुनेछ ।' कार्यक्रममा सेवा पिठका उपाध्यक्ष गोविन्दबाबु तिवारीले गुरु परिचय गराएका थिए । नेपाल राष्ट्र बैंक विराटनगरका उप–निर्देशक रामशरण खरेलले स्वागत मन्तव्य राखे भने सुधा पौडेलले गुरुवन्दाना गीत गाएकी थिइन् । कार्यक्रमम फागुन २१ गतेसम्म हरेक दिन बिहान ६ बजेदेखि ८ बजेसम्म हुनेछ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.