सकियो विराट एक्स्पो

सकियो विराट एक्स्पो

विराटनगर: औद्योगिक प्रदर्शनीका लागि उद्योग संगठन मोरङले आयोजना गरेको विराट एक्सपो मंगलबार सम्पन्न भएको छ । एमाले नेता तथा पूर्वसभामुख सुवासचन्द्र नेम्वाङको प्रमुख आतिथ्यमा भएको कार्यक्रमबीच एक्सपोमा उत्कृष्ट भएका विभिन्न महानुभाव तथा संस्थालाई पुरस्कृत तथा सम्मान गरियो । 

सप्तरी महुलीको सामुदायिक बाख्रापालन समूह प्रथम भएको छ । समूहलाई नगद दश हजार रुपैयाँसहित पुरस्कृत गरियो । स्वीट टुथ दोस्रो र कुवेर एन्ड सन्स तेस्रो भएका छन् । उद्योगतर्फ प्रार्थना अगरबत्ती, एशियन कलेक्सन बंगलादेश र सन एन्ड फुड भिलेजलाई पुरस्कृत गरियो । कार्यक्रममा गीतकार विमला अर्याल, गायक सुमित खड्का, पर्यटन व्यवसायी भविश श्रेष्ठ, होटल व्यवसायी पूण्य भट्टराई र मनोजविक्रम शाहलाई सम्मान गरियो । कृषि महिला उद्यमीतर्फ जय श्री जाजूलाई सम्मानित गरियो ।

कार्यक्रममा बोल्दै एमाले नेता सुवासचन्द्र नेम्वाङले औद्योगिक नगरी विराटनगरमा आयोजना गरिएको एक्सपो आद्यौगिक प्रचार प्रसारका लागि पनि महत्वपूर्ण भएको बताए । त्यस अवसरमा मोरङका प्रमुख जिल्ला अधिकारी यज्ञराज कोइराला, पूर्वाञ्चल क्षेत्रीय कृषि निर्देशनालयका कृषि निर्देशक राजेन्द्र उप्रेती, मोरङ व्यापार संघका अध्यक्ष पवन शारडा, उद्योग संगठन मोरङका अध्यक्ष मुकेश उपाध्यायलगायतले मन्तब्य राखेका थिए । एक्सपोमा ३५ करोड रुपैयाँ बराबरको कारोबार भएको बताइएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.