दरबारमार्गमा रिबुकको ब्रान्ड एक्सक्लुसिभ सोरुम
काठमाडौं: विश्व स्पोटर्स बजारमा ख्याति कमाएको स्पोटर्स ब्रान्ड रिबुकको एक्सक्लुसिभ सोरुम दरबारमार्गमा रहेको शेर्पा मलमा सञ्चालनमा आएको छ। रिबुकको नेपालका लागि आधिकारिक बिक्रेता रुट्स फेसन प्रालिले उक्त सोरुम सञ्चालनमा ल्याएको हो।
सोरुम उद्घाटन कांग्रेसका नेता एवं पूर्व उपप्रधानमन्त्री प्रकाशमान सिंहले गरेका हुन्। सोरुममा रिबुकका उत्पादन जुत्ता, ट्र्याकसुट, टिसर्टलगायत विभिन्न खेल सामग्री राखिएका छन्।
उक्त सोरुम खेलकुद क्षेत्रमा लागेका सम्पूर्णका लागि लक्ष्य गरी सञ्चालनमा ल्याइएको कम्पनीका प्रबन्ध-निर्देशक सञ्जीव तुलाधरले बताए। उनका अनुसार सोरुममा मौसमअनुसार सबै प्रकारका खेल सामग्री तथा पहिरन रहनेछ। यससँगै कम्पनीको सोरुमको संख्या तीन पुगेको छ।