रवीन्द्र मिश्रको राजनीतिक दलको नाम ‘साझा पार्टी’ र चिह्न ‘तराजु’
काठमाडौं : बुधबार मात्र बिबिसी नेपाली सेवाको प्रमुखबाट राजीनामा दिएर राजनीतिमा लाग्ने उद्घोष गरेका पत्रकार रवीन्द्र मिश्रले नेतृत्व गर्ने पार्टीको नाम ‘साझा पार्टी’ हुने भएको छ।
पत्रकार मिश्रले बुधबार पार्टीको नाम ‘सााझा पार्टी’ र चिह्न ‘तराजु’ सुरक्षित राख्न निर्वाचन आयोगलाई निवेदन दिएका छन्। राजनीतिक पार्टी बनाउने योजना अनुरुप आज निर्वाचन आयोगमा पार्टीको नाम र चिह्न ‘होल्ड’ गरेको मिश्रकै पार्टीका एक सदस्य राजनीतिक विश्लेषक मुमाराम खनालले अन्नपूर्ण अनलाइनलाई जानकारी दिए।
मिश्र नेतृत्वमा बन्ने साझा पार्टीको नाममा बुधबार नै फेसबुक पेज र ट्वीटर ह्यान्डल समेत सार्वजनिक गरिएको छ।