न्यूजल्याण्डसँग दक्षिण अफ्रिका सात विकेटले पराजित
एजेन्सी: दक्षिण अफ्रिकामा जारी न्यूजल्याण्ड र दक्षिण अफ्रिका बीचको चौथो एक दिवसीय क्रिकेटमा न्यूजल्याण्ड सात विकेटले विजयी भएको छ । न्यूजल्याण्डको यो जीतसँगै पाँच खेलको श्रृखला २-२ को बराबरी भएको छ ।
टस जितेर व्याटिङ रोजेको दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर २७९ रन बनाएको थियो । २८० रनको लक्ष पाएको न्यूजलयाण्डले मात्र तीन विकेटको क्षतीमा ४५ ओभर मै जीत निकाल्न सफल भयो । न्यूजल्याण्डको जीतमा ओपनर मार्टिन गुप्टिलले उत्कृष्ट व्याटिङ गरे । १३८ बलमा १८० रन बनाएका गुप्टिलले १५ चौका र ११ छक्का प्रहार गरी अविजित रहे ।
जितका लागि अर्का ब्याट्म्यान रोज टेलरले ६६ रनको योगदान गरे भने कप्तान विलियम सनले २१ रन बनाए । ५ रन बनाउँदा पहिलो विकेट गुमाएको न्यूजल्याण्डले ७७ रनमा दोस्रो विकेट गुमाएको थियो । तेस्रो विकेटका लागि गुप्टिल र टेलरले १८० रनको साझेदारी गर्दै टालीलाई जीतको हकदार बनाए
दक्षिण अफ्रिकाको कप्तान ए बी डेभिलयर्सले सर्वाधिक ७४ रनको बनाए । उनले ५९ बलमा चार चौका र तीन छक्का प्रहार गरे, डुप्लेसीले ६७ रन बनाए भने ओपनर हसिम अमलाले ४० रन बनाए । पहिलो ओभरमा १ रन बनाउँदा क्वीटन डीकक्को विकेट गुमाएको दक्षिण अफ्रिकाले ३६.५ ओभरमा १५८ रन बनाउँदा छ विकेट गुमाएको थियो । अविजित रहेका डेभिलयर्सले टोलीलाई सम्मान जनक स्कोरमा पुर्याए ।
न्यूजल्याण्डका अनुभवी ब्याट्म्यान गुप्टिल चम्किएपछि एक खेल अगावै सिरिज कब्जा गर्ने दक्षिण अफ्रिकाको सपना साकार भएन । बलिङ तर्फ दक्षिण अफ्रिकाका लागि इमरान ताहिरले २ विकेट लिए भने न्युजल्याण्डका लागि जितेन पटेलले सर्वाधिक २ विकेट लिए ।