‘आर्थिक समृद्धिका लागि लगानीमैत्री वातावरण'

‘आर्थिक समृद्धिका लागि लगानीमैत्री वातावरण'

हेटौंडाः मकवानपुर उद्योग वाणिज्य संघ ५० औं वर्षमा प्रवेश गरेको छ । यस अवसरमा संघले शनिबार हेटौंडामा स्वर्ण जयन्ती मनाएको छ । त्यस अवसरमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारकरले आर्थिक समृद्धिका लागि सरकारले लगानीमैत्री वातावरण बनाउनुपर्ने बताए । ‘देशमा बढ्दो अस्थिरताबाट सबैभन्दा बढी व्यवसायी पीडित भएका छन्', उनले भने, ‘भएका लगानीको संरक्षण नभए नयाँ लगानी कहाँबाट भित्रन्छ ? '

फरक प्रसंगमा अध्यक्ष मुरारकाले हेटौंडामा जारी सडक विस्तार रोक्न नसके सांसददबाट राजीनामा दिन मकवानपुरे सांसदलाई आग्रह गरे । जनताको व्यक्तिगत सम्पत्तिमा डोजर चलाउँदासमेत रोक्ने पहल गर्न नसक्नु लज्जास्पद कार्य भएको भन्दै अध्यक्ष मुरारकरले जनप्रतिनिधि भएपछि जनताको पीर मर्कामा साथ रहनुपर्ने बताए ।

मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष राजकुमार न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा सांसद महालक्ष्मी उपाध्याय, गणेश थापा, मध्यमाञ्चल उद्योग वाणिज्य संघका अध्यक्ष अरुणराज सुमार्गी, मकवानपुरका प्रमुख जिल्ला अधिकारी नारायण शर्मा दुवाडीलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

स्वण जयन्तीको अवसरमा संघले पूर्वअध्यक्षलाई सम्मान गरेको थियो । ५० वर्षभित्रका गतिविधि समेटिएको स्मारिका प्रकाशन गरेको छ । २०१८ सालमा सुरु भई २०२३ सालमा स्थापना भएको संघमा हाल दुई हजार पाँच सय सदस्य रहेको संघका महासचिव महेन्द्र राउतले जानकारी दिए । स्वर्ण जयन्तीको अवसरमा संघले हेटौंडाको राप्ती तटमा प्रतीक्षालय निर्माणसहित विविध कार्यक्रम गरेको थियो ।



प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.