नेवानिको प्रमुख आम्दानी ग्राउन्ड ह्यान्डलिङ

नेवानिको प्रमुख आम्दानी ग्राउन्ड ह्यान्डलिङ

काठमाडौंः नेपाल वायु सेवा निगमको आम्दानीको प्रमुख स्रोत ग्राउन्ड ह्यान्डलिङ देखिएको छ । निगमले चालू आर्थिक वर्ष २०७३/७४ को सात महिनामै १३ करोडभन्दा बढी नाफा आर्जन गरेको छ । यसको प्रमुख स्रोत ग्राउन्ड ह्यान्डलिङ हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनबहादुर शाहीले आइतबार संसद्को सार्वजनिक लेखा समितिमा चालू आवमा निगमले १३ करोड रुपैयाँभन्दा बढी नाफा गरेको जानकारी गराए । यो नाफा अन्य वर्षभन्दा धेरै भएको उनको दाबी छ ।

निगमले आर्थिक वर्ष २०७०/७१ मा दुई करोड, २०७१/७२ मा एक करोड ५० लाख र आर्थिक वर्ष २०७२/७३ मा चार करोड नाफा गरेको थियो । तर, चालू आर्थिक वर्षको सात महिनामै १३ करोड ७१ लाख रुपैयाँभन्दा बढी नाफा गरेको शाहीले बताए । यसमा निगमले अपरेसनबाट पाँच अर्ब चार करोड २० लाख ८६ हजार रुपैयाँभन्दा बढी संकलन गरेको छ । यस्तै निगमको अपरेसन खर्च चार अर्ब ४३ करोड १२ लाख ९९ हजार रुपैयाँभन्दा बढी छ ।

आम्दानी रकमबाट निगमको खर्च घटाउँदा ६१ करोड सात लाख ८६ हजार रुपैयाँ रहन आउँछ । त्यसमा पनि निगमको वित्तीय शुल्कमा बापतको ४७ करोड ३६ लाख ६० हजार रुपैयाँ घटाउँदा निगमको नाफा १३ करोड ७१ लाखभन्दा बढी रहेको मन्त्री शाहीले जानकारी दिए । निगमले अन्तर्राष्ट्रिय यात्रुबाट तीन अर्ब र ग्राउन्ड ह्यान्डलिङ बापत एक अर्ब ७६ करोड रुपैयाँभन्दा बढी आम्दानी गरेको छ । तर, निगमको उडानमा सबैभन्दा बढी एक अर्ब ७० करोड रुपैयाँ र प्रशासन तथा सामान्य खर्चमा एक अर्ब ३६ करोडभन्दा बढी खर्च भएको देखिन्छ ।

निगमले चालू आर्थिक वर्ष २०७३/७४ को सात महिनामै १३ करोडभन्दा बढी नाफा आर्जन गरेको छ ।

मन्त्री शाहीले दिएको नाफा विवरणमा समितिका सदस्य राजन केसी र धनराज गुरुङलगायतले आलोचना गरेका छन् । केसीले निगमले ग्राउन्ड ह्यान्डलको रकमलाई लिएर आफू फाइदामा गएको भन्न नमिल्ने भन्दै मन्त्री र सचिवसँग प्रश्न गरेका थिए । ग्राउन्ड ह्यान्डलिङ अन्य कुनै निजी कम्पनीको हातमा गएको अवस्थामा निगम घाटामा जानेछ ।


व्यवसायी योजना बिना नै एयर बस खरिदको तयारी

नेपाल वायु सेवा निगमले व्यावसायिक योजना बिनै दुईवटा एयर बस खरिद गर्न लागेको भन्दै सार्वजनिक लेखा समितिले निगमका प्रबन्धक, मन्त्रालयका सचिव र मन्त्रीलाई एक महिना भित्रै स्पष्ट योजना पेस गर्न निर्देशन दिएको छ । निगमले अहिले बनाएको योजनाबाट निगम फाइदाभन्दा घाटामा जाने सांसदको आरोप छ । साथै, मन्त्रालयलाई वाइडबढी खरिद प्रक्रियामा आर्थिक हिमामिना भएको भन्ने उजुरीका विषयमा सत्यतथ्य विवरणसहितको लिखित जवाफ पाँच दिनभित्र पेस गर्न समितिले निर्देशन दिएको छ । समितिका सदस्य धनराज गुरुले बिना योजना जहाज खरिदका लागि कम्पनी छनोट र बैना रकम पठाउनुले शंका उत्पन्न भएको बताए । ‘निगम सँधै घाटामा जाने र सेतो हात्तीमा परिणत भएको देख्न नपरोस्' , गुरुङले भने । निगमका प्रमुख सुगतरत्न कंसाकारले सबै काम योजना, ऐन र नियमावलीअनुसार रहेको दाबी गरे ।

तीन दिनभित्रै रणनीतिक साझेदारीको निर्णय

लामो समयदेखि निगमको व्यवस्थापन कमजोरी कै करण राष्ट्रिय ध्वाजवाहक ध्वस्त हुने अवस्थामा पुगेको भन्दै सांसदहरूले रणनीतिक साझेदारी भित्व याउने कार्य ढिला हुनुको कारण सोधेका थिए । मन्त्री शाहीले अबको तीन दिने भित्रै रणनीतिक राझेदारीका लागि ग्लोबल टेन्डर गरिने जनाकारी दिएका छन् । ‘प्रस्ताव आवेदनका लागि बनेको फाइल सचिवकोमा आइतबार बेलुका नै आएपुग्छ' , शाहीले भने, ‘त्यसपछि आफूकहाँ फाइल आउन साथ हस्ताक्षर गरेर ग्लोबल प्रस्ताव आवेदनको सूचना प्रकाशन हुन्छ ।' नेपाल वायु सेवा निगमले आगामी दुई महिनाभित्रै अनलाइन टिकट प्रणाली सुरु गर्ने भएको छ । समितिको बैठकमा यो जानकारी दिइएको हो ।

नेपालगन्ज र विराटनगरबाट दुर्गममा उडान

पाइलट अभावले दुर्गम क्षेत्रमा उडान गर्न नसकेको निगमले अब भने विराटनगर र नेपालगन्जलाई बेस बनाएर दुर्गम क्षेत्रमा उडान सुरु गर्ने भएको छ । मन्त्री शाहीका अनुसार अहिले अमेरिकामा तालिम लिँदै गरेको तीन जना फाइलट एक महिनाभित्रै नेपाल आउनेछन् । त्यसपछि निगमले दुर्गममा पनि उडान सुरु हुनेछ ।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.