विस्थापित बस्तीमा खाद्यान्न संकट

विस्थापित बस्तीमा खाद्यान्न संकट

सुर्खेतः पश्चिम सुर्खेतको कुनाथरी- ९ भट्टेघारीका चक्रबहादुर सुनारको परिवारमा नौजना छन् । आठ कट्ठा जमिनको उब्जनीले वर्षभरि खान पुग्दैन । हरेक वर्ष खाद्यान्न अभाब झेल्नु परिरहेको छ । छोराहरू रोजगारीका लागि कालापहाड (भारत) गएका छन् । उनी भने बुढेसकालमा गाउँमै मजदुरी गर्छन् ।

भट्टेघारीकै डिलकुमारी शाहीका श्रीमान् पनि रोजगारीका लागि भारत पसेका छन् । गाउँमा तीनजना बालबच्चासहितको परिवार पाल्न डिलकुमारीलाई हम्मेहम्मे परिरहेको छ । श्रीमान्ले पठाएको रकमले खाद्यान्न किनेर जीविकोपार्जन गर्नु परिरहेको उनले बताइन् । भन्छिन्, ‘बारीमा उब्जनी हुँदैन, श्रीमान्ले कालापहाड गएर कमाएको पैसाले घरखर्च टरेको छ ।' बारीमा उब्जनी कम हुँदा चक्रबहादुर र डिलकुमारीको जस्तै भट्टेघारीका दुई सय घरपरिवारले चरम खाद्यान्न अभावको पीडा झेलिरहेका छन् । उनीहरूको आम्दानीको स्रोत भनेकै त्यही कालापहाड हो । यहाँका प्रायः सबै घरका पुरुष अहिले मजदुरीका लागि कालापहाड पुगेका छन् ।

२०६४ सालमा पहिरोले घरखेत बगाएपछि जिल्लकै तरंगा- ६ सिम्लेपानीबाट सिंगो बस्ती नै विस्थापित हुन पुग्यो । उक्त बस्तीलाई कुनाथरीको भट्टेघारीमा राखियो । परिवार संख्याका आधारमा जग्गा वितरण गरिएको हो तर सिँचाइको सुविधा नहुँदा जग्गामा उब्जनी अत्यन्तै न्यून हुने गरेको छ । भट्टेघारीमा वर्षमा एक बाली मात्र लगाउने गरिएको छ । वर्षामा धान रोपिन्छ, हिउँदे खेती हुँदैन । वर्षको एक बालीले तीन महिना पनि खान पुग्दैन जसले गर्दा जीविकोपार्जनका लागि यो बस्तीका बासिन्दालाई भारत जानुको विकल्प छैन । घरखर्च चलाउनकै लागि यहाँका पुरुष आफ्ना बालबालिका र महिलालाई गाउँमै छोडेर कालापहाड धाउँछन् । वर्षमा एकपटक दसैंमा घर आउने उनीहरूको अधिकांश समय भारतका विभिन्न स्थानमा मजदुरी गरेर बित्छ ।

विस्थापितहरू बस्दै आएको भट्टेघारीमा सिँचाइको सुविधा छैन । आकासे पानीले धान रोप्ने गरिएको छ । धानबाहेक न गहुँ हुन्छ न मकै । उब्जनी नहुँदा भोकमरीले सताउने गरेको चक्रबहादुर बताउँछन् । ‘जग्गा पनि थोरै छ, झन् उब्जनी नै हुँदैन', उनले भने, ‘छोराहरूले कालापहाडबाट कमाएर नपठाए त दुई छाक टार्न पनि मुस्किल पर्छ ।'

सिँचाइ सुविधा नभएकै कारण खाद्यान्न उत्पादन कम हुने भन्दै चक्रबहादुरले सिँचाइ कुलो निर्माण गरिदिन सम्बन्धित निकायसँग माग गरेका छन् । ‘सिँचाइ हुने हो भने यहीँको उब्जनीले वर्षभरि खान पुग्ने थियो, भारत गएर हाडछाला घोट्न त पर्ने थिएन', उनले भने । भट्टेघारीमा अहिले करिब दुई सय परिवार छन् जसमा केही विस्थापित भएर यहाँ आएका हुन् भने केही बसाइँ सरेर आएका छन् । बर्सौपछि खानेपानी पुगे पनि सिँचाइ कुलो नहुँदा खाद्यान्न समस्या झेल्नु परेको डिलकुमारी बताउँछिन् ।

उनीहरूको आम्दानीको स्रोत भनेकै त्यही कालापहाड हो । यहाँका प्रायः सबै घरका पुरुष अहिले मजदुरीका लागि कालापहाड पुगेका छन् ।

उनले आम्दानीको अरू कुनै विकल्प नभएपछि गाउँका अधिकांश पुरुष मजदुरी गर्न भारत जाने गरेको बताइन् । ‘यहाँका सबैजसो पुरुषहरू पैसा कमाउन भारत गएका छन्, गाउँमा महिला र बालबालिका मात्रै छन्', डिलकुमारीले भनिन्, ‘सिँचाइ सुविधा भइदिए आफ्नै जमिनको उब्जनीले वर्षभरि खान पुग्ने थियो ।'

भारतका विभिन्न स्थानमा गएर कठिन परि श्रम गरी जीविकोपार्जन गरिरहेको सथानीय भोजेन्द्र हमालले बताए । उनले दुई छाक टार्न भारत पुगेर रगतपसिना बगाउनु परेको अनुभव सुनाए । उनी भन्छन्, ‘बर्खाको भेल छोपेर रोपेको धानले ६ महिना पनि खान पुग्दैन, कालापहाड नगए त भोकै मरिन्छ ।' भट्टेघारीमा सिँचाइका लागि कुलो निर्माणको काम सुरु भए पनि पूरा भएको छैन । उक्त कुलो निर्माण भएर नियमित सिँचाइ सुविधा भए आफ्नै बारीको उब्जनीले जीविकोपार्जन गर्न सकिने विश्वासमा छन् यहाँका बासिन्दा । उनीहरूले बारम्बार सिँचाइको व्यवस्था गरिदिन आग्रह गर्दै आएका छन् । गाउँमै उब्जनी भए कालापहाड जानुपर्ने बाध्यता टर्ने उनीहरूको भनाइ छ ।




प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.