सरकारबाट ठगिए संस्थान

सरकारबाट ठगिए संस्थान

काठमाडौं: हरेक वर्ष दसैं आगमनसँगै उपभोक्तालाई राहत दिने नाममा सरकार तात्छ । प्रधानमन्त्रीदेखि अर्थ मन्त्रालय र आपूर्ति मन्त्रालयदेखि व्यवस्थापिका संसद्को उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिसम्मले सहुलियत मूल्यमा दैनिक उपभोग्य वस्तु उपलब्ध गराउन मातहत निकायलाई कडा निर्देशन दिन्छन् ।

यस्ता निकायले बजार मूल्यभन्दा सस्तोमा सामान बेच्न भन्दै ‘सुपथ मूल्य पसल’ चलाउन निर्देशन दिन्छन् । बजार मूल्यभन्दा कममा उपभोग्य वस्तु बिक्री गर्दा घाटा हुने रकम अर्थ मन्त्रालयले शोधभर्ना गरी उपलब्ध गराउने ‘कबोल’ पनि बर्सेनि गर्छन् । अर्थ मन्त्रालयको कबोल र बाचाको यो शृंखला वर्षैपिच्छे दोहोरिन्छ । तर यथार्थमा भने सुपथ मूल्य पसल सञ्चालन गर्ने साल्ट ट्रेडिङ कर्पोरेसन, खाद्य संस्थान र नेसनल ट्रेडिङ लिमिटेड रित्तै हुन्छन् ।

पछिल्लो सात वर्षमा यी तीन संस्था यसरी नै ‘ठगिँदै’ आएका छन् । बर्सेनि सुपथ मूल्य पसल सञ्चालन गर्न यी तीनवटै संस्था बैंकबाट चर्को ब्याजदरमा रकमको जोहो गर्छन् । अर्थ मन्त्रालयले वर्षाैंसम्म शोधभर्ना प्रक्रियामार्फत रकम उपलब्ध नगराउँदा बैंकको ब्याजदर बढ्दै गएर यी तीनै संस्थान धराशयी हुने क्रममा छन् ।

आश्वासनकै भरमा यस्ता पसल सञ्चालन गर्दा साल्ट ट्रेडिङ कर्पोरेसन, खाद्य संस्थान र नेसनल ट्रेडिङ लिमिटेडको करोडौं रकम फसेको छ । खाद्य संस्थान र नेसनल ट्रेडिङ लिमिटेडले २०६६/६७ देखि चालु आर्थिक वर्षसम्म अर्थ मन्त्रालयले उपलब्ध गराउने भनेको रकम पाएका छैनन् ।साल्ट ट्रेडिङ कर्पोरेसनको मात्रै करोडौं रुपैयाँ डुबेको छ । कर्पोरेसनले अर्थबाट ३८ करोड ३२ लाख लिन बाँकी छ । जसअनुसार सुपथ मूल्य पसलतर्फ पाँच वर्षको तीन करोड ४७ लाख ३५ हजार भुक्तानी पाउन बाँकी छ । यो संस्थाले आर्थिक वर्ष २०६९/७० देखि २०७३/७४ सम्मको सुपथ मूल्यको रकम पाएको छैन ।

यस्तै सुनिलबहादुर थापा वाणिज्य तथा आपूर्तिमन्त्री हुँदा स्वदेशी उद्योगबाट चिनी खरिद गरी सस्तो मूल्यमा बिक्री गर्न कर्पोरेसनलाई निर्देशन दिइएको थियो । निजी क्षेत्रसँग चिनी खरिद गरेर बिक्री गर्न खोज्दा खरिद मूल्यभन्दा कममा स्वदेशी उद्योगले चिनी बिक्री गरेपछि कर्पोरेसनलाई ठूलो घाटा लागेको थियो । तत्कालीन समयमा अर्थ मन्त्रालयले घाटा लागेको चार करोड ८५ लाख रुपैयाँ उपलब्ध गराउने भनेर कबोल गरेको करिब तीन वर्ष बितिसक्यो । तर अहिलेसम्म उक्त रकम उपलब्ध नभएको कर्पोरेसनका सहमहाप्रबन्धक कुमारराज भण्डारीले बताए ।

यसैगरी भूकम्पको समयमा सरकारले खरिद गरिदिने भनेर कर्पोरेसनलाई ५० हजार बन्डल जस्ता आयात गर्न लगाएर खरिद नगर्दा थप ३० करोड रुपैयाँ डुबेको छ । ‘रकम भुक्तानीका लागि विभागीय मन्त्रालयमार्फत हरेक महिनामा पाँच सातपटक ताकेदा गर्दै आएका छौं,’ भण्डारीले भने, ‘तर रकम प्राप्त भएन । संस्था नै धराशयी हुने अवस्थामा पुगिसक्यो ।’


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.