पीएसजीलाई हराएपछि नेमारले भने–मेसीले बार्सिलोनासँग सम्झौता गर्छन्
बार्सिलोनाका स्टार खेलाडी नेमारले अर्जेन्टिनी खेलाडी लियोनल मेसीले बार्सिलोनासँगको सम्झौता लम्ब्याउने बताएका छन्। उनले मेसीले बार्सिलोना छोड्न हल्लामा कुनै सत्यता नरहेको पनि दाबी गरेका छन्।
नेमारले भनेका छन्–मेसीले बार्सिलोनासँगको सम्झौता लम्ब्याउने छन्। यसमा कुनै शंका छैन। मेसीले बार्सिलोनासँगको सम्झौता नलम्ब्याउने चर्चा चलिरहेका समयमा नेमारले यस्तो दाबी गरेका हुन्।
मेसीको बार्सिलोनासँगको सम्झौता २०१८ मा सकिँदैछ। तर, अहिलेसम्म नयाँ सम्झौता हुन सकेको छैन। मेसीले पारिश्रमिक धेरै मागेपछि पछिल्लो समय सम्झौताबारे कुराकानी हुन सकेको छैन।
च्याम्पियन्स लिग फुटबलको प्रिक्वाटरफाइनलको दोस्रो लेगमा पीएसजीलाई ६–१ ले हराउँदै उत्कृष्ट पुनरागमन गर्दै क्वाटरफाइनल प्रवेश गरेपछि नेमारले भने–मेसी बार्सिलोनामै बस्छन् र सम्झौता पनि लम्ब्याउँछन्।