नेपाललाई दोस्रो झड्का : ज्ञानेन्द्र मल्ल आउट
काठमाडौं : अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग च्याम्पियनसिप (डब्लूसीएलर्सी) मा ज्ञानेन्द्र मल्ल आउट भएसँगै नेपाललाई दोस्रो झड्का लागेको छ।
कीर्तिपुरस्थित क्रिकेट मैदानमा जारी खेलमा ज्ञानेन्द्र मल्ल २७ रनमा बोल्ड आउट भएका छन्। सुनिल धमला भने ३ रनमै आउट भएका थिए। १० ओभरको खेल समाप्त हुँदा नेपालले दुई विकेटको क्षतिमा ४३ रन बनाएको छ।