१६ ओभरमा तीन विकेटको क्षतिमा ५२ रन
काठमाडौं :अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग च्याम्पियनसिप (डब्लूसीएलर्सी) मा १६ ओभरको समाप्तिमा नेपालले ५२ रन बनाएको छ।
कीर्तिपुरस्थित क्रिकेट मैदानमा जारी खेलमा, सुनिल धमला ३ रनमा आउट, ज्ञानेन्द्र मल्ल २७ रनमा बोल्ड आउट भए भने सागर पुन १० रन बनाएर आउट भएका छन्।
क्रिजमा सरद भेषवाकर र दीपेन्द्रसिंह ऐरी छन् । नेपाली टिमलाई दर्शकको उत्साह भने उत्तिकै रहेको छ।