२२ ओभरमा चार विकेटको क्षतिमा ६३ रन
काठमाडौं : अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग च्याम्पियनसिप (डब्लूसीएलर्सी) मा २२ ओभरको समाप्तिमा नेपालले ६३ रन बनाएको छ।
कीर्तिपुरस्थित क्रिकेट मैदानमा जारी खेलमा, सुनिल धमला ३ रन र ज्ञानेन्द्र मल्ल २७ रनमा बोल्ड आउट भए भने सागर पुन १० रन बनाएर आउट भए । त्यसैगरी शरद भेषवाकर तीन रनमै आउट भइसकेका छन्।
क्रिजमा विनोद भण्डारी र दीपेन्द्रसिंह ऐरी छन् । नेपाली टिमलाई दर्शकको उत्साह भने उत्तिकै रहेको छ।