नेपालले सात विकेट गुमायो : दीपेन्द्र ऐरी आउट
काठमाडौं : अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग च्याम्पियनसिप (डब्लूसीएलर्सी) मा सात विकेट गुमाउदै दीपेनद्र ऐरी आउट भएका छन्।
कीर्तिपुरस्थित क्रिकेट मैदानमा जारी खेलमा, सुनिल धमला ३ रनमा आउट भएका थिए, ज्ञानेन्द्र मल्ल २७ रनमा बोल्ड आउट भए भने त्यसैगरी सागर पुन १० रन बनाएर आउट भए । सरद भेषवाकर व्यक्तिगत तीन रन बनाएर क्याट आउट, विनोद भण्डारी चार रनमै बोल्ट आउट भए भने मेहेबुब दुई रनमै आउट भए । त्यसैगरी ५६ बलमा १९ रन बनाएर आउट भएका छन्।
२७ ओभरको समाप्तिमा नेपालले सात विकेटको क्षतिमा ७३ रन बनाएको छ। क्रिजमा शक्ति गौचन र बसन्त रेग्मी रहेका छन्।