माइभ्याली फुटबलमा नेपाल र भारतका दश उत्कृष्ट टिम खेल्ने

माइभ्याली फुटबलमा नेपाल र भारतका दश उत्कृष्ट टिम खेल्ने

इलामः यही चैत्र १७ गतेबाट सुरु हुने माइभ्याली गोल्डकप फुटबल प्रतियोगितामा नेपाल र भारतका उत्कृष्ट दश टिमले सहभागिता जनाउने भएका छन् ।

जिल्ला फुटबल संघ इलाम र माइभ्याली फुटवल क्लव इलामले आयोजना गर्ने प्रतियोगितामा नेपाल आर्मी, नेपाल प्रहरी, ससस्त्रका अफिसियल टिमसहित लक्ष्मी हुण्डाई मनाङ मस्र्याङदी, सिएमजी संकटा क्लव, झापा ११, रुपन्देही ११, ग्लोवल एएफसी आसाम, दुर्गा स्टील कलकत्ता र आयोजक माइभ्याली क्लव सहभागि हुने संघका अध्यक्ष निरोज खड्गीले जानकारी दिए ।

उपाधि विजेताले नगद चार लाख रुपैयाँ पुरस्कार पाउँने छन् भने उपविजेतालाई दुई लाख ५० हजार दिइने छ । प्रतियोगितामा सर्वाधिक गोल गर्ने खेलाडीलाई नगद २५ हजार प्रदान गर्ने आयोजकले जनाएका छन् । सर्वोत्कृष्ट खेलाडीले यामाहाको १५० सी.सीको मोटरसाइकल प्राप्त गर्नेछ ।

बुधबार इलाममा आयोजित पत्रकार सम्मेलनमा बोल्दै माइभ्याली क्लबका अध्यक्ष धिरेन चेम्जोङले प्रतियोगिता सम्पन्न गर्न ५२ लाख खर्च लाग्ने जानकारी दिए ।

माइभ्याली गोल्डकपको मुख्य प्रायोजकको रुपमा गोर्खा ब्रुअरी, रमपम चाउचाउ, रुस्लान र यामाहा रहेका छन । त्यसै गरी सह-प्रायोजक जिल्ला समन्वय समिति, इलाम नगरपालिका, पाथीभरा ट्रेडर्स, मेची पहाडी पर्यटन प्रर्वद्धन समिति लगायत रहेका छन ।

२०७१ सालबाट सुरु गरिएको यो प्रतियोगिता पूर्वी पहाडी जिल्लाको सर्वाधिक पुरस्कार राशीको प्रतियोगिता हो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.