इटहरी गोल्डकपको उपाधि काँकडभिट्टालाई

इटहरी गोल्डकपको उपाधि काँकडभिट्टालाई

इटहरी : इटहरीमा जारी ११ औं अन्तर्राष्ट्रिय इटहरी गोल्डकपको उपाधि काँकडभिट्टाले जितेको छ । एपीएफ पूर्वाञ्चललाई १-० ले पराजित गर्दै काँकडभिट्टा विजेता बनेको हो ।

खेलको पहिलो हाफमा दुवै टिमले गोल गर्ने प्रयास गरेपनि सफल हुन सकेनन् । दोस्रो हाफको सुरुवातमै ४९ औं मिनेटमा काँकडभिट्टाका पिटरले गोल गर्दै टोलीलाई अग्रता दिलाए । त्यसपछि दुवै टोलीको गोल गर्ने प्रयास सफल हुन सकेन पिटरको गोल नै जितका लागि निर्णायक बन्यो । खेलको 'म्यान अफ दी म्याच' पनि पिटर नै घोषित भए ।

उपाधि विजेता काँकडभिट्टाले नगद दुई लाख रुपैयाँ र उपविजेता एपीएफ पूर्वाञ्चलले एक लाख रुपैया पाएको छ । प्रतियोगितामा सर्वाधिक तीन गोल गर्ने काँकडभिट्टाका खेलाडी सामसनले १० हजार रुपैया पाए । 'म्यान अफ द सिरिज' घोषित काँकडभिट्टाका नगेन मणि लिम्बुले ३२ इन्चको एलइडी टिभी पाए भने इटहरीका उदीयमान खेलाडीको रुपमा विमल मगरले २४ इन्चको एलइडी टिभी प्राप्त गर्न सफल भए ।

इटहरीमा विगत १० वर्षदेखि जारी इटहरी गोल्डकपको यो ११ औं संस्करण हो । प्रतियोगितामा नेपाल र भारतका फुटबल टिम सहभागि थिए । खेलका विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचीव केशवकुमार विष्टले शिल्ड तथा प्रमाणपत्र प्रदान गरेका थिए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.