रुपन्देहीले जित्याे नेपालगञ्ज गोल्डकपको उपाधि

रुपन्देहीले जित्याे नेपालगञ्ज गोल्डकपको उपाधि

नेपालगन्जः अग्नी रुपन्देही-११ ले दोस्रो टुबोर्ग नेपालगन्ज गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । उपाधिसँगै रुपन्देहीले पाँच लाख रुपैयाँ पुरस्कार पायो । रुपन्देहीले बिहीबार भएको फाइनल खेलमा सीएमजी संकटा क्लबलाई सडन डेथमा पराजित गरेको हो । दोस्रो भएको संकटाले दुई लाख ५१ हजार रुपैयाँ पुरस्कार हात पार्‍यो । निर्धारित समयको खेल १-१ गोलको बराबरीमा सकिएपछि हारजितको निर्णयका लागि टाइबे्रकरको सहायता लिइएको थियो । पाँच/पाँचजनाले प्रहार गरेको पेनाल्टीमा चार/चारजनाले गोल गरेपछि खेल सडन डेथमा पुगेको थियो । सडन डेथमा रुपन्देही ६-५ गोलले विजयी भयो ।

खेलको ६५औं मिनेटमा संकटाले अनिल गुरुङको गोलमार्फत अग्रता लिएको थियो । विश्व अधिकारीलाई डी एरियाभित्र फल गरेपछि संकटाले पेनाल्टी प्रहारको अवसर पाएको थियो । ८९औं मिनेटमा रुपन्देहीका शिव सुवेदीले गोल गरेपछि खेल बराबरीमा पुगेको थियो । त्यसपछि खेललाई सिधै टाइबे्रकरमा लगिएको थियो । संकटाका सुशील केसी, कालुदीप कार्की, भुषन सुब्बा र विश्व अधिकारीले गोल गरेका थिए । पाँचौं नम्बरमा आएका कप्तान रवि सिलवालले प्रहार गरेको बल आकाशिएपछि खेल सडेन डेथमा पुगेको थियो । संकटाका लवाल ओलालेकन र राज पौडेलले पेनाल्टीमा गोल गर्न सकेनन् ।

रुपन्देहीका कालु थापा, उत्तम गुरुङ, गौरव बुढाथोकी, लक्ष्मण रुचाल, शिव सुवेदी र अजय थापाले गोल गरेका थिए । अजय विकको प्रहार संकटाका किपर अजय महर्जनले रोकेका थिए । सौरव मगरले हानेको बल बीममा लागेर फर्किएको थियो । फाइनल खेलको म्यान अफ द म्याच रुपन्देहीका शिव सुवेदी भए ।

प्रतियोगितामा म्यान अफ द सिरिज रुपन्देहीका अमर डंगोल भए । उनले सुजुकी वाइक पाए । त्यस्तै, उत्कृष्ट गोलकिपर संकटाका अजय महर्जन, रक्षकमा रुपन्देहीका मुसा, मिडमिल्डरमा रुपन्देहीका गौरव बुढाथोकी, फरवार्डमा संकटाका मार्टिनले पाँच/पाँच हजार पुरस्कार पाए । उत्कृष्ट प्रशिक्षक संकटाका सल्यान खड्गीले पुरस्कार पाए ।

उपाधि विजेता रुपन्देही र उपविजेता संकटालाई कान्तिपुर पब्लिकेशन प्रालिकी कार्यकारी निर्देशक स्वस्तिका स्वाँर सिरोहियाले पुरस्कार वितरण गर्नुभयो। बाँकेका प्रमुख जिल्ला अधिकारी रविलाल पन्थ, उपरथी नवजीव शमशेर राणा, एन्फाका कार्यकारी अधिकृत इन्द्रमान तुलाधरले विभिन्न विधामा उत्कृष्ट भएका खेलाडीहरुलाई सम्मान गर्नु भएको थियो । बाँके जिल्ला फुटबल संघले सो अवसरमा विभिन्न व्यक्तित्वहरुलाई सम्मान गरेको थियो ।
ने


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.