च्याम्पियन्स लिगको क्वाटरफाइनलमा रियल मड्रिडले वार्यनको सामना गर्ने

काठमाडौंः साविक विजेता स्पेनिस महारथी रियल मड्रिडले च्याम्पियन्स लिगको क्वाटरफाइनलमा जर्मन क्लब वार्यन म्युनिखसँग खेल्ने भएको छ।
शुक्रबार सार्वजनिक गरिएको ड्र अनुसार स्पेनिस क्लब बार्सिलोनाले भने इटालियन क्लब युभेन्ट्सको सामना गर्ने छ। यस्तै, स्पेनिस क्लब एथ्लेटिको मड्रिडले इंग्लिस क्लब लेष्टर सिटीको सामना गर्दा जर्मन क्लब बोरुसिया डर्टमन्डले फ्रान्सेली क्लब मोनाकोको सामना गर्नेछ।
क्वाटरफाइनलको पहिलो लेग अप्रिल ११ र १२ मा हुनेछ भने दोस्रो लेग १८ र १९ मा हुनेछ।
प्रतिक्रिया दिनुहोस !
